
काठमाडौँ – नेपालका लागि ह्युन्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले सधैँ झैँ यस वर्ष पनि दसैँ–तिहारको अवसरमा विशेष अफर ‘दसैँ–तिहार, १० गुणा उपहार’ घोषणा गरेको छ।
नेपालीहरुको महान् पर्व दसैँ, तिहार र छठको उत्सवलाई रोचक एवं हर्साेउल्लास बनाउन ‘दसैँ–तिहार, १० गुणा उपहार’ अफर घोषणा गरेको ह्युन्डाईले जनाएको छ।
यस अफरअन्तर्गत, ग्राहकहरूले ८ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन्। साथै, स्क्र्याच कार्डमार्फत १० लाख रुपैयाँसम्मको थप छुट जित्ने अवसरसमेत पाउनेछन्।
यसका साथै ग्राहकहरूले २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस पाउनेछन्। प्रत्येक गाडी खरिदमा १ वर्षको निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स र सडक कर पनि उपलब्ध हुनेछ।
हरेक ह्युन्डाई गाडीमा ३ वर्षको वारेन्टी र ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा दिइनेछ।