देशसञ्चार चौतारीमा भाग-११०

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

+
-

देशसञ्चार चौतारीको यसपटकको अंकमा हामीले कवि, लेखक तथा आख्यानकार भुवन ढुंगानालाई निम्त्त्याएका छौँ। पूर्वसभामुख तथा अभियन्ता दमननाथ ढुंगानाकी जीवनसंगिनीसमेत रहेकी ढुंगानाले नेपालको राजनीतिक यात्रा र सामाजिक तथा सांस्कृतिक यात्रालाई नजिकबाट हेरेकी छन्। देशसञ्चार सहकर्मीहरूका थुप्रै जिज्ञासाहरूको उनले खुलेर जवाफ दिइन् यसपटक।

सौम्य स्वभावकी ढुंगानाले अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेकी छन् भने लामो समयसम्म उनले त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी विषयको प्राध्यापकका रूपमा समेत सेवा गरिन्। उनले ३३ वर्ष प्राध्यापकका रूपमा नेपाल ल क्याम्पसमा अध्यापन गरेकी थिइन्।

आइए सकेपछि पश्चिम बंगालको शान्ति निकेतनमा अध्ययन गर्ने मौका पाएकी ढुंगाना राजनीतिक चेतले भरिएकी सुसंस्कृत लेखक भए पनि उनले राजनीतिमा कहिल्यै चासो देखाइनन्। तीन वर्ष अध्ययनका क्रममा उनले शान्ति निकेतनमा नृत्यमा स्नातक उपाधि प्राप्त गरेकी थिइन्।

उनका पति दमनको निधन भएको एक वर्ष पनि बितेको छैन। दमनको रिक्तताले उनको जीवनमा एकप्रकारको खालिपना आएको छ। २०२८ सालमा उनी दमनसँग बिहेबन्धनमा बाँधिएका हुन्। दमनसँगको बिहेपछि उनको जीवन र जीवनका घटनाक्रमलाई धेरै प्रभाव पारेको उनी बताउँछिन्। ‘उहाँले मलाई लेखनमा बिहाअघिदेखि नै सघाउनुभएको थियो,’ उनले भनिन्। दमनसँग देख्नेबित्तिकै लभ नपरेको तर पूर्ण ‘एरेन्ज म्यारिज’ पनि नभएको उनले बताइन्। दमन आफूप्रति बिहेअघिदेखि नै सकारात्मक रहेको उनका पुराना चिठीपत्रहरूबाट थाहा पाएको उनले बताइन्। अन्तर्वार्ताका क्रममा दमनसँगका थुप्रै रमाइला किस्साहरू पनि उनले साझा गरिन्।

सानै उमेरदेखि कविता लेखनमा लागेकी ढुंगानालाई राजनीतिमा लागूँजस्तो कहिल्यै लागेन। कला र नृत्यमा धेरै रुचि भएकी ढुंगानाले थुप्रै किताबको आवरण पृष्ठ पनि बनाएकी छन्। कोइराला परिवारकै ढुंगानाले बिपी कोइरालाको व्यक्तित्वले आफूलाई सानैदेखि प्रभावित पारेको पनि बताइन्।

हरेक व्यक्तिको फरक परिचय हुने भएकाले आफू दमनजीसँगै लागेर राजनीतिमा नगएको पनि उनले बताइन्। दमनजी बितेको ४५ दिनमा आफूले लेखेको रचनामा उनी शिखर चढेको र आफू आधारशिविरमै छुटेको उनले उल्लेख गरेकी थिइन्। अन्तर्वार्ताका क्रममा उनीसँगै आएका छोरा निशेष ढुंगानाले पनि प्रश्न गरेका थिए।

उनीसँग गरिएको लामो कुराकानी:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?