
देश सञ्चार
भदौ ६, २०८२

अ
+
अ
अ
-
काठमाडौँ- काठमाडौँमा लगातारको वर्षापछि वाग्मती नदीमा जलसतह बढेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार राति १२ः०५ बजे काठमाडौँ जिल्लास्थित वाग्मती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।
विभागले नदी किनारको बाटो भई यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

