
यहि भदौं १४ मा सांग्रिला संवादको दोश्रो शृंखलामा ‘नाट्य र सिद्धान्तमाथि चर्चा’ शीर्षकमा प्राध्यापक डा. अभि सुवेदी र प्राध्यापक अरुण गुप्तो एक आपसबीच संवाद गर्ने कार्यक्रम रहेको छ।
उक्त संवादपछि कविहरूको कविता वाचन सत्र पनि रहने छ।
आयोजक सांग्रिला लिटरेचर फेस्टिबलका निर्देशक केन सुवेदीका अनुसार कविहरूमा रमण घिमिरे, उषा शेरचन, मोमिला जोशी, विनोद विक्रम केसी, विजय हितान, विश्व सिग्देल, डा.काशीराज पाण्डे र भूमिका थारूको कविता वाचन रहने छ।
कार्यक्रम मोक्ष बार, झम्सिखेल, ललितपुरमादिउँसो २ बजेदेखि सुरु हुनेछ।