
जनकपुरधाम – जनकपुरधाममा जनता समाजवादी पार्टी (जसपा) नेपालको महिला संघद्वारा झाडु प्रदर्शन गरिएको छ। सर्वोच्च अदालतले रौतहटको गौर हत्याकाण्ड सम्बन्धमा दिएको परमादेश विरुद्ध प्रदर्शन गरिएको हो। सर्वोच्च अदालतले गौर हत्याकाण्डको छानबिन गर्न परमादेश जारी गरेको थियो। उक्त परमादेश विरुद्ध जसपा नेपालको महिला संघद्वारा प्रदर्शन गरिएको हो।
प्रदर्शनको क्रममा महिलाहरूले झाडु लिएर नाराबाजी गरेका छन्। जनकपुरधामको जनक चौकमा महिलाहरूले सडक जाम गरेर प्रदर्शन गरेकी हुन्।
नश्लीय सरकार मुर्दाबाद, हाम्रो राष्ट्रिय अध्यक्षलाई फसाउन पाइँदैन लगायतका नारा लगाउँदै प्रदर्शन गरिएको हो।
समाजवादी महिला संघ धनुषाकी अध्यक्ष रेखा देवी साहले आफूहरूका राष्ट्रिय अध्यक्षमाथि अनावश्यक रुपमा अभियोग लगाएको विरुद्धमा प्रदर्शन गरिरहेको बताइन्।