
काठमाडौँ- बौद्ध धर्मावलम्बीहरूले एक महिनासम्म धुमधामका साथ मनाउने गुँला पर्व आज सम्पन्न भएको छ। नेपाल संवत्अनुसार ‘गुँलाथ्व पारु’ देखि ‘ञलाथ्व पारु’ सम्म यो पर्व मनाइन्छ।
गुँला पर्व विशेषगरी बौद्धमार्गीहरूको भएता पनि यसमा अन्य धर्मावलम्बीहरू पनि सहभागी हुने गर्छन्। नेपाल भाषामा ‘गुँ’ को अर्थ ‘नौ’ र ‘ला’ को अर्थ ‘महिना’ हुने भएकाले नेपाल संवत्को नवौँ महिनामा मनाइने यो पर्वलाई ‘गुँला पर्व’ भनिएको संस्कृतिविद्हरू बताउँछन्।
गुँला पर्वमा विशेषगरी नौ प्रकारका बाजा बजाउने परम्परा छ। यस पर्वको अवसरमा नगरका बहाः, बही, चैत्य लगायतका विभिन्न मठमन्दिरहरूको परिक्रमा गर्ने प्रचलन रहेको छ।
तस्बिरहरूः