
काठमाडौँ- उखु उत्पादक महासंघ नेपालले गत आर्थिक वर्षको उखु अनुदान रकम भुक्तानीको माग गर्दै आजदेखि काठमाडौँको माइतीघर मण्डलामा आन्दोलन सुरु गरेको छ। किसानहरू उखु नै बोकेर सडकमा धर्ना बसेका छन्।
सरकारले प्रति क्विन्टल ७० रुपैयाँका दरले दिनुपर्ने अनुदान रकम भुक्तानीमा ढिलाइ गरेको भन्दै १३ जिल्लाका अगुवा किसानहरू आन्दोलनमा उत्रिएका हुन्।
उनीहरूले आफ्ना माग पूरा नभएसम्म धर्ना र विरोध कार्यक्रम जारी राख्ने बताएका छन्।
उखु किसानहरूले अनुदान निरन्तरताको पनि माग गरेका छन्। विगतमा पनि उखुको भुक्तानीका लागि पटकपटक आन्दोलन गर्दै आएका किसानहरूले यसपटक पनि बाध्य भएर सडकमा उत्रिनुपरेको बताएका छन्।
तस्बिरहरूः