बखानसिंह गुरुङमाथि लेखिएकाे उपन्यास ‘बखान’ लोकार्पित

बखानसिंह गुरुङमाथि लेखिएकाे उपन्यास ‘बखान’ लोकार्पित
+
-

पत्रकार एवं साहित्यकार वसन्त पराजुलीको उपन्यास ‘बखान’ को लोकार्पण कार्यक्रम सम्पन्न भएको छ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, राजनीतिक विश्लेषक शंकर तिवारी, साहित्यकार अमर न्यौपाने, श्रीओम श्रेष्ठ ‘रोदन’ लगायतले उक्त पुस्तक लोकार्पण गरेका हुन।

कार्यक्रममा राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले पुस्तकबारे बोल्नु हुँदै राजनीतिक व्यक्तित्व बखानसिंह गुरुङलाई पुस्तकको प्रमुख पात्रका रूपमा अघि सारेर पुस्तक प्रकाशन गर्नु चुनौतीपूर्ण थियो र त्यो चुनौतीपूर्ण कामलाई लेखकले पुस्तकमार्फत सफल बनाउनुभएको बताए।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुस्तकमा सात सालको क्रान्तिको कथा, उबेलाको जीवनको तस्बिर, सहकारीसँग सम्बन्धित विषयका साथै चितवनको परिवेश समेटिएको बताए। उनले भन्नुभयो,’उपन्यास बखान पुस्तकको प्रस्तुतिकरणमा राम्रो प्रभाव पारेको छ। उहाँले लेखकले बखान जस्तो व्यक्तिका नाममा पुस्तकमा प्रकाशन गर्नु सराहनीय हाे।’

समीक्षकद्वय शंर तिवारी र अमर न्यौपानेले उपन्यासको ऐतिहासिक पक्षका साथै चितवनको बस्ती विकासको इतिहास, कांग्रेसको इतिहासका साथै पर्यावरणीय चेतसमेत केलाइएकोले उपन्यास पठनीय भएको चर्चा गर्नुभएको थियो। साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले भने, ‘लेखक पराजुलीले पत्रकारितामा जस्तो राम्रो गरेका छन् र आख्यानमा पनि यसरी नै अघि आएका छन्। ऐतिहासिक उपन्यासको साहित्यिक उचाइ बढाएको छ।’

कार्यक्रममा उपन्यासकार पराजुलीले आफूले ऐतिहासिक घटनाक्रमलाई जोखिम उठाएर आफूले उपन्यास तयार पारेको बताए। उनले चितवनको बस्ती विकासमा, सहकारी स्थापनामा र चितवनको राजनीतिमा बखानसिंह गुरुङको योगदानलाई आफूले सम्मान गरेको उल्लेख गरे। कार्यक्रम शिखा बुक्सका पुष्पराज पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?