‘कुरुप’ सुन्दरीजल

‘कुरुप’ सुन्दरीजल
+
-

काठमाडौँ – सुन्दरीजल बसपार्कको ५० मिटरअघि नपुग्दै बागमती नदीको खोचतर्फ आँखा पुर्‍याउँदै गर्दा पहिलो नजर ‘क्रुपरुप’मा पर्छ। जहाँ छन्, प्लाष्टिकका सेता, राता, काला कागज, प्लष्टिककै बोटललगायतका फोहर।

काठमाडौँमा बग्नेजस्तो यहाँ बागमती धमिलो छैन। कलकल छ। त्यही कलकल बागमती खोचहरूमा सुस्साउँछ। सुस्साउने नदीले ध्यान तान्छ तर नदीभन्दा पहिले त्यही प्लाष्टिकका फोहरमा नजर ठोक्किन्छ।

सुन्दरीजल बसपार्क यस्तो स्थान हो, जहाँबाट सुन्दरीमाई मन्दिर क्षेत्र पुग्न पैदलयात्रा गर्नुपर्छ। बसपार्कबाट दैनिक आन्तरिक र बाह्य पर्यटक सुन्दरीजलको झरना अवलोकनदेखि मन्दिर दर्शन र ट्रेकिङ्गका लागि पुग्ने गर्छन्।

यही बसपार्क हुँदै सुन्दरीजल क्षेत्रसम्म मात्र होइन, यहाँभन्दा माथि चिसापानी, धाप ड्यामसम्म पुग्न पनि यही बसपार्क हुँदै जानुपर्छ।

गुगल म्याप

तर, बसपार्कबाट ५० मिटरअघि नपुग्दै पर्यटकलाई फोहोरले स्वागत गर्छ। रोचक त यो छ कि यस्तो कुरुप अवस्था बसपार्क क्षेत्रमा मात्र होइन, उस्तै गरी सुन्दरीजल क्षेत्रसम्मै देखिन्छ।

बसपार्क मानव बस्ती भएको क्षेत्र हो। बसपार्कदेखि करिब छ सय मिटरमाथि मानवबस्ती नै छ। त्यसमाथि निकुञ्ज क्षेत्र हो र घना जङ्गल छ। सुन्दरीजल पुग्न बस्ती छल्दै छ सय मिटरमाथि उक्लिएपछि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको टिकट काउन्टर छ।

यहाँ टिकट काटेपछि मात्र पर्यटकलाई सुन्दरीजल प्रवेश अनुमति मिल्छ। टिकट काउन्टरमा पर्यटकका लागि निकुञ्ज क्षेत्रमा के गर्न पाइने? के गर्न नपाइने? सचेतना बोर्ड नै राखिएको छ।

सचेतना बोर्डमात्र होइन, निकुञ्ज क्षेत्रको सुरक्षाकर्मीले त्यसबाहेक सुरक्षा चेक गर्छन्। विशेष गरेर पर्यटकले आफूले प्लाष्टिकमा लगेका खानेकुराको फोहर फिर्ता लिन आग्रह गर्छन्। नलिए कारबाही हुने सूचित पनि उसैगरी गर्छन्।

यी प्रक्रया पूरा भएपछि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र पर्ने सुन्दरीजलको अवलोकन गर्न जान पाइन्छ।

पर्यटकका रुप पनि ‘क्रुप’


तर, पर्यटक पनि कहाँ कम देखिन्छन् र जसरी बसपार्क क्षेत्रमा फोहरले स्वागत गर्छ उसैगरी निकुञ्जभित्र पर्यटकले पनि फोहर गरेको भेटिन्छ।

टिकट काउन्टरदेखि करिब चारसय मिटरमाथि सुन्दरीजल झरना छ। यही चारसय मिटरको बीचमै पनि बाटैभरि प्लाष्टिकका फोहर भेटिन्छन्। झरना क्षेत्र वरपर त फोहरले बास नै जमाएको छ।

झरनासँग रम्न, झरनालाई पृष्ठमा राखेर सुन्दर तस्बिर कैद गर्ने पर्यटकहरू आफूले खानेकुरा बोकेर लगेका प्लाष्टिकका फोहरसमेत फिर्ता गरेको देखिँदैन।

झरनाभन्दा माथि निकुञ्ज सुरक्षाका लागि आर्मी व्यारेक छ। आर्मी व्यारेक पुगेपछि पर्यटकको सुरक्षा जाँच हुन्छ। फोहर नगर्न आग्रह उसैगरी फेरि दोहोर्‍याइन्छ। व्यारेकको केही मिटर वरपर सफा पनि राखिएको छ।

तर, त्यसको केही माथि उक्लिएपछि उस्तै गरेर बाटैभरि प्लाष्टिकका फोहर छरपस्ट भेटिन्छ। विशेष गरेर पर्यटकहरू सुन्दरीजल ड्याम, सुन्दरीजलको मन्दिरसम्म पुग्ने गर्छन्।

ड्यामनजिकै वनभोज स्थल पनि छ। यी सबै क्षेत्रमा फोहर छरपस्ट नभेटिनै कतै ठाउँ छैन। वनभोजस्थलनजिकै शौचालय आसपासको जङ्गलको तल–तलसम्मसमेत फोहरले कुरुप देखिन्छ।

यी फोहर पर्यटकले छाडेका हुन्। तिनै फोहरलाई बाँदरले अझ परपरसम्म पुर्‍याइरहेका छन्।

काठमाडौँको कोलाहल, प्रदूषणबाट केही समय भए पनि मुक्ति पाउन सुन्दरीजल पुग्ने नयाँ पर्यटकलाई यहाँ भएका फोहरले थप गिज्याइरहेका छन्।

गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता नारायण बहादुर सुबिदी यस क्षेत्रको व्यवस्थापन निकुञ्ज क्षेत्रले गर्दै आइरहेको र आफूहरूले कुनै व्यवस्थापनको जिम्मेवारी नलिएको बताए।

‘सुन्दरीजल हाम्रो क्षेत्रमा पर्छ। तर यहाँको व्यवस्थापनको जिम्मेवारी निकुञ्जको हो। हाम्रो जिम्मेवारीमा पर्दैन’, सुबिदीले भने।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?