जेलेन्स्कीको राष्ट्रपति पदको वैधतामै पुटिनको प्रश्न

जेलेन्स्कीको राष्ट्रपति पदको वैधतामै पुटिनको प्रश्न
+
-

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका राष्ट्रपति भोलोदिमिर ज्लेन्स्कीको राष्ट्रपति पदको वैधतामै प्रश्न उठाएका छन्।

साढे तीन वर्षदेखि जारी रूस-युक्रेन युद्ध वार्तामार्फत समाधान गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना अनिश्चित बनिरहेको बेला पुटिनले उनले कुनै सम्झौता गरेमा त्यो वैध हुन्छ कि हुँदैन भन्ने कुरा तय नभई उनीसँग भेट नहुने सम्भावना बढेको छ।

गत मंगलबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलास्कामा तीन घन्टा भेटवार्ता गरेका थिए। उक्त भेटपछि युक्रेनमा अस्थायी युद्धविरामभन्दा स्थायी शान्ति स्थापना गर्नुपर्ने निष्कर्ष निकाल्दै दुवै नेताले वार्ता सकरात्मक भएको बताएका थिए।

त्यसपछि ट्रम्पले युक्रेन र रसियाको द्विपक्षीय वार्ता गराएर त्रिपक्षीय वार्तामार्फत समाधान खोजिने बताउँदै स्थायी शान्ति हुने विश्वास व्यक्त गरेका थिए।

अलास्का वार्ताको एक सातापछि रूसी उच्च अधिकारीले ट्रम्पले भनेजस्तो छिट्टै पुटिन र जेलेन्स्कीबीच वार्ता हुने तय नभएको बताएका छन्। रूसी विदेशमन्त्री सर्गेई लाभ्रोवले एक अन्तर्वातामा राष्ट्रपति पुटिन र जेलेन्स्की वार्तामा बस्ने मिति तय नभएको बताए।

उनले जेलेन्स्कीको राष्ट्रपतिको वैधता प्रस्ट नभइ पुटिन वार्तामा नबस्ने जानकारी दिएका थिए। साथै उनले जेलेन्स्कीसँग द्विपक्षीय वार्ताको एजेन्डानै तय हुन बाँकी रहेको बताए। उनले जेलेन्स्कीलाई फेरि अर्को स्टेजमा देखिने मौका दिनका लागि मात्रै राष्ट्रपति पुटिनले नभेट्ने स्पष्ट पारे।

यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पुटिन र जेलेन्स्कीबीच हुने वार्ताको एजेन्डा यसअघि नै तय भएको बताएका थिए। उनले अलास्कामा भएको वार्तामा पुटिनले विभिन्न सर्तहरू राखेको बताए। अमेरिकी राष्ट्रपति ट्रम्पले जेलेन्स्कीसँग वार्ताको टेबलमा बस्न पुटिनलाई दुई साताको समय दिएका छन्।

किन उठाउँछ रसियाले जेलेन्स्कीको वैधतामा प्रश्न?
युक्रेनी राष्ट्रपतिको नियमित अवस्थामा हो भने कार्यकाल सकिसकेको हो। तर उनी विशेष परिस्थितिका कारण राष्ट्रपति बनिरहेका छन्। यही कारण रसियाले उनको वैद्यतालाई पछि आउने नेताहरुले स्वीकार्छन् कि स्वीकार्दैनन्? भन्ने प्रश्नको जवाफ पाउनुपर्ने बताए।

यसको पुस्टी गर्दै विदेश मन्त्री लावरोभले अमेरिकी च्यानल एनबीसीलाई उनको वैधता स्पष्ट हुनु पर्ने बताए। उनले भने,’वार्ताको अर्थ त्यतिबेला मात्र हुन्छ जब हामीलाई कागजातमा हस्ताक्षर गर्ने व्यक्ति वैध छ भन्ने प्रष्ट हुनुपर्छ।’ उनले भने,’युक्रेनको संविधानअनुसार जेलेन्स्की अब राष्ट्रपति होइनन्। उनी डि-फ्याक्टो प्रमुख त हुन्, तर सम्झौतामा हस्ताक्षर गर्ने को हो भन्ने गम्भीर प्रश्न छ।’

उनको कार्यकाल मे महिनामा सकिएको हो, तर किभको भनाईमा मार्शल ल लागू भएकाले उनका अधिकार बढेको छ । र, उनी अझै पनि राष्ट्रपतिनै हुन् र उनले युक्रेनको विषयमा आफ्नो निर्णय लिन सक्षम छन्। यसअघि वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेलेन्स्कीसँगको भेटमा युक्रेनमा नयाँ चुनावबारे प्रश्न उठाएका थिए।

उक्त समयमा उनले जेलेन्स्कीले युद्ध जारी रहँदा चुनाव गर्न सम्भव नभएको प्रतिक्रिया दिँदै शान्ति स्थापना हुने साथ युक्रेनमा चुनाव हुने बताएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?