पैसा नदिँदा हजुरआमामाथि खुकुरी प्रहार गर्ने नाति पक्राउ

पैसा नदिँदा हजुरआमामाथि खुकुरी प्रहार गर्ने नाति पक्राउ
+
-

झापा- आफ्नै हजुरआमालाई पैसा नदिएको रिसमा खुकुरी प्रहार गरी घाइते बनाएर फरार रहेका एक युवक करिब दुई महिनापछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भद्रपुर-१०, सत्रबिगेका २७ वर्षीय महेश सुवेदी रहेका छन् । उनले गत असार १२ गते बिहान एक्लै बस्दै आएकी ७२ वर्षीया हजुरआमा खिनमाया सुवेदीसँग पैसा माग्दा नदिएपछि खुकुरीले आक्रमण गरी घाइते बनाएका थिए ।

घटनालगत्तै फरार भएका सुवेदीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी निरीक्षक विजय चौहानको टोलीले सोमबार साँझ ५:३० बजे उनको आफ्नै घरबाटै पक्राउ गरेको हो । उनलाई अहिले जिल्ला प्रहरी कार्यालयमा ल्याएर थप अनुसन्धान भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र खड्काका अनुसार, सुवेदीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी पक्राउ पुर्जी जारी भइसकेको थियो ।

उनलाई थप अनुसन्धानका लागि भोलि जिल्ला अदालतमा म्याद थप गर्न लगिने डीएसपी खड्काले जानकारी दिए ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?