
काठमाडौँ- नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा यस वर्ष पनि पशुपतिनाथ मन्दिरमा भक्तजनको ओइरो लागेको छ।
श्रद्धालु महिलाहरू बिहानैदेखि पशुपति पुगेर पूजाआजाका लागि लामो लाइनमा बसेका छन्।
भक्तजनको सहजताका लागि पशुपति क्षेत्र विकास कोषले यस वर्ष पहिलो पटक गर्मीबाट बच्न कृत्रिम वाटर ड्रपलेटको व्यवस्था गरेको छ। मन्दिरको पश्चिम ढोकाअगाडि वाष्पीकरण गराइएको यो व्यवस्थाले भक्तजनहरूलाई गर्मीबाट राहत मिलेको छ।
कोषका अनुसार, विगतका वर्षहरूमा तीजको दिन अत्यधिक गर्मीका कारण महिलाहरू बेहोस हुने समस्या देखिएपछि यो उपाय अपनाइएको हो। अहिले परीक्षणका रूपमा सुरु गरिएको यो प्रविधि प्रभावकारी देखिएमा अरू बेला पनि प्रयोगमा ल्याइने कोषले जनाएको छ।
तस्बिरहरूः