कवाडी व्यवसायीद्वारा काठमाडौँ महानगर कार्यालय घेराउ (तस्बिरहरू)

कवाडी व्यवसायीद्वारा काठमाडौँ महानगर कार्यालय घेराउ (तस्बिरहरू)
+
-

काठमाडौँ – विभिन्न पाँच बुँदे माग राख्दै आन्दोलित भएका कवाड व्यवसायीहरूले आज पनि काठमाडौँ महानगरपालिका कार्यालय घेराउ गरेका छन्।

संविधानले दिएको पेशा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने, कवाड व्यवसायी, संकलक र मजदुरमाथि काठमाडौँ महानगरबाट भइरहेको कुटपिट, ज्यादती, र संरचना भत्काउने कार्यहरू तत्काल रोकिनुपर्ने, ज्यादतीमा संलग्न काठमाडौँ महानगर प्रहरीलाई कानुनी कारबाही गर्नुपर्ने मागसहित उनीहरू आन्दोलित भएका हुन्।

उनीहरूले सोमबार पनि कमलादीस्थित काठमाडौं महानगरको कार्यालय बाहिर नारावाजीसहित धर्ना दिएका थिए।

कवाड व्यवसायी, संकलक र मजदुरको जिउ–धनको सुरक्षा सुनिश्चित गर्न सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने, विगत दुई वर्षमा काठमाडौँ महानगर प्रहरीले कवाड व्यवसायीमाथि पुर्‍याएको क्षतिको क्षतिपूर्ति दिनुपर्नेसमेत उनीहरूको माग छ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी
के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?