आमसञ्चार विधेयक देखिएका समास्या समाधान गर्न सकारात्मक छौँः मुख्यमन्त्री कार्की

आमसञ्चार विधेयक देखिएका समास्या समाधान गर्न सकारात्मक छौँः मुख्यमन्त्री कार्की
+
-

मोरङ – कोशी प्रदेश आमसञ्चार विधेयकमा देखिएका त्रुटि र समस्या समाधानका लागि आफू सकारात्मक रहेको प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन्।

मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकारसँगको भेटका क्रममा मुख्यमन्त्री कार्कीले आमसञ्चार विधेयकका विषयमा थप छलफल आवश्यक रहेको बताएका हुन्।

नेपाल पत्रकार महासंघ कोशी प्रदेशले विधेयकमा देखिएको त्रुटिबारे जानकारी गराउँदै गर्दा मुख्यमन्त्री कार्कीले विधेयक संसद्‌भित्र प्रवेश गरिसकेकोले सरकारको मात्रै विषय नभएको बताए। उनले दलहरुसँग छलफल गरेर अगाडि बढ्ने बताए।

मुख्यमन्त्री कार्कीले कानुनमार्फत नै संस्था बनाएर काम गर्ने सोचअनुरूप सो विधेयक ल्याएको जानकारी दिए। मुख्यमन्त्री कार्कीले विधेयक क्याविनेटबाट बाहिर गइसकेको अवस्थामा समिति र मातहतका मन्त्रीसँग छलफल गर्न सकिने र यसक्रममा विधेयक जारी गर्न समय लाग्ने सक्ने बताए।

उनले भने, ‘हामी विधेयकको विषयमा गम्भीर छौँ। देखिएका समस्या हल गर्न आवश्यक छलफल पनि हुन्छ। छलफलतर्फ अघि बढ्दा, विधेयक ल्याउन केही समय लाग्न सक्छ। चाहे तीन महिना, ६ महिना वा वर्षदिन।’

प्रेस स्वतन्त्रता तथा संविधानले प्रत्याभूत गरेका अधिकारका विषयमा प्रतिबद्ध भएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले पत्रकारहरूको मागलाई सकारात्मक रुपमा लिएको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?