
काठमाडौँ- नेपाल शिक्षक महासंघले नेपाली काङ्ग्रेसको पार्टी कार्यलयमा धर्ना दिएका छन्।
पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज विहान ११ः०० बजे देखि दिउसो १ः०० बजेसम्म २ घण्टा नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम समेत रहेको महासंघले जनाएको छ ।
त्यसैगरी २०८२ भाद्र १२ गते नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल र भाद्र १३ गते नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा पेरिस डाँडामा धर्ना हुने महासंघले जानकारी दिएको छ।
थप तस्बिरहरू:
तस्बिर: नेपाल फोटो लाइब्रेरी ।