युवती हत्याका आरोपीले आफ्नो पनि ज्यान लिए

युवती हत्याका आरोपीले आफ्नो पनि ज्यान लिए
+
-

एक युवतीको हत्याका आरोपी युवकले आफैँले आगो लगाएर ज्यान गुमााएका छन्।

रौतहटकी २६ वर्षीया रूबीकुमारी साहको हत्याका आरोपी लक्ष्मण पासवानले आफैँलाई आगो लगाएर ज्यान गुमाएको प्रहरीले जानकारी दिएको छ।

बुधबार बिहान रौतहट प्रहरीले पासवानलाई शरीरमा आगो लगाएको अवस्थामा फेला पारी कीर्तिपुर बर्न अस्पतालमा उपचारका लागि पठाएको थियो।

उपचारको क्रममा बुधबार अपराह्न उनको मृत्यु भएको काठमाडौँ प्रहरीले जानकारी दिएको हो।

रौतहटको माधवनारायण नगरपालिका-६ माधवपुर बिसुनपरवा–मानपुर सडक खण्डमा पासवान जलेको अवस्थामा भेटिएका थिए । उनले पेट्रोल छर्किएर आफ्नै शरीरमा आगो लगाएको प्रहरीले बताएको छ। उनले रूबीकुमारीको हत्या आफूले गरेको भिडियोमा स्वीकार गरेका थिए।

शरीरका विभिन्न भाग जले पनि उनी बुधबार बिहानसम्म बोल्न सक्ने अवस्थामा रहेको तर अपराह्न उनको ज्यान गुमेको प्रहरीले जानकारी दिएको छ।गत शनिबार राति साढे ९ बजे गौर नगरपालिका-९ मुडवलबा गेट नजिक सडक किनारमा फेला गरेको शंकास्पद सुटकेशमा रूबीकुमारीको शव भेटिएको रौतहट प्रहरीले जानकारी दिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?