नेपाली चलचित्र भारतमा प्रदर्शनका लागि सहजीकरण गरिदिन प्रकाश सपुतकाे नेपाली राजदुतलाई अनुराेध

नेपाली चलचित्र भारतमा प्रदर्शनका लागि सहजीकरण गरिदिन प्रकाश सपुतकाे नेपाली राजदुतलाई अनुराेध
+
-

लाेकप्रिय कलाकार प्रकाश सपुतले भारतका लागि नेपाली राजदुत डा.शंकर शर्मालाई नेपाली चलचित्र भारतमा प्रदर्शनका लागि सहजीकरण गरिदिन अनुराेध गरेका छन्।

बाबा रामदेव र बालकृष्ण आचार्यको संरक्षणमा रहेको हाम्रो स्वाभिमान ट्रष्टले हरितालिका तीजका अवसरमा आयोजना गरेको विशेष सांगीतिक कार्यक्रमका क्रममा भेटेका थिए।

कार्यक्रम समापन पश्चात भारतका लागि नेपाली राजदुत शर्मासँग दुतावासमै भेट गरेर नेपाली चलचित्र नेपालसँगै प्रदर्शनमा ल्याउने व्यवस्थाका लागि सहजीकरण गरिदिन आग्रह गरेका थिए।

‘भारतमा नेपालीहरूको संख्या ठुलो छ, भारत पुगेर कार्यक्रम गर्दा हजारौं नेपाली दर्शकको अपार सहभागिता र माया पाएँ, तर नेपाली चलचित्र अहिले पनि भारतमा प्रदर्शन गर्न जटिलता छ,’ कलाकार सपुतले भने, ‘जापान, युरोप, अमेरिका, मध्यपूर्व लगायतका देशमा जसरी नेपाली चलचित्र प्रदर्शन गर्ने गरिएको छ, त्यसरी नै भारतमा पनि लाखौं नेपाली समुदाय भएकाले नेपाली चलचित्र प्रदर्शनको व्यवस्था हुन सक्यो भने नेपाली चलचित्रको दायरा अझ फराकिलो बन्नेछ, प्रवासी नेपालीहरूले पनि आफ्नो देशको चलचित्र हेर्ने अवसर पाउनेछन्।’

भेटका क्रममा कल्चरल काउन्सलर गोकुल बस्नेतसँग पनि उनकाे भेट भएकाे थियाे।

कल्चरल काउन्सलर गोकुल बस्नेतले यो विषय अहिले आएको र आफूहरूको ध्यानाकर्षण भएको बताए। ‘अहिले दुई देशका बिच कल्चरल एमओयू गर्ने चरणमा पनि छौ, त्यो पारित भयो भने कल्चर कसरी आदान प्रदान गर्ने भन्ने त्यसमा समावेश छ, यस विषयलाई उच्च प्राथमिकता राखेर आवश्यक पहल र प्रक्रिया अघि बढाउने छौ,’ बस्नेतले भने।

भारतमा नेपाली चलचित्र प्रदर्शनका लागि सेन्सर लगायतका प्रक्रिया निकै जटिल र झञ्झटिलो छ। केही नेपाली चलचित्र हिन्दी भाषामै डब गरेर प्रदर्शन गर्ने गरिएको छ। भारतको मूम्बई र पुनेमा व्यवसाय गर्दै आएका मोहन विश्वकर्मा लगायतको लगानी र सपुतद्धारा निर्देशित चलचित्र ‘वसन्त’ अब निकट समयमै भारतका विभिन्न शहरमा प्रदर्शन गर्ने तयारी छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?