लाप्चामा छायांकन गरिएको भजन ‘जय जय शंकर’ सार्वजनिक

लाप्चामा छायांकन गरिएको भजन ‘जय जय शंकर’ सार्वजनिक
+
-

हुम्ला – हिमाली जिल्ला हुम्लाको नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीको लाप्चा क्षेत्रमा छायांकन गरिएको भजन ‘जय जय शंकर’ सार्वजनिक गरिएको छ। लाप्चा क्षेत्र पर्यटकीय स्थल भएको र यसको प्रवर्धन गर्नका लागि भजन छायाङ्कन गरिएको हो।

गीतको भिडियो लिमी क्षेत्रको पाँच हजार सत्तरी मिटर अग्लो स्थान लाप्चामा छायाङ्कन गरिएको हो। कैलाश पर्वत र मानसरोवर ताल देखिने भएकाले धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले यो स्थानले धेरै सम्भावना बोकेको छ।

सुगम पोखरेलको स्वरमा महादेवप्रति समर्पित भक्ति भजन गरिएको हो। स्वर्गीय नातिकाजीको सङ्गीत रहेको पुरानो भजनको मोहित मुनालले पुनः संयोजन तथा नयाँ सङ्गीत संयोजन गार्वजनिक गरिएको हो रेका छन्। गीतमा थप शब्द विजय अधिकारीले दिएका छन्। भिडियोमा कलाकार बद्रीप्रसाद तिवारीको एकल अभिनय छ भने निर्देशन विजय अधिकारीले गरेका छन्। किरण थापाले कोरियोग्राफी गरेको यस भिडियोमा हरि हुमागाईँको छायाङ्कन निर्देशन तथा भरत रेग्मीको सम्पादन रहेको छ।

पूर्व पर्यटनमन्त्री समेत रहेका जीवनबहादुर शाहीले भिडियोले कर्णालीको पर्यटन प्रवद्र्धनमा ठुलो योगदान गर्ने बताए। उनले यस म्यूजिक भिडियोले सबै पक्षलाई झकझक्याउने जानकारी दिए। स्रोत प्रचुर भएपनि कानुनी संरचना निर्माण गरिए देशलाई पाल्न सक्ने। आर्जन गर्ने स्थान लाप्चा भएको थापाले गीतप्रति प्रशंसा व्यक्त गर्दै सुगम पोखरेलको शक्तिशाली आवाज र बद्रीको अभिनयले गीतलाई जीवन्त बनाएका बताए।

कर्णालीमा दुःख मात्रै छ भन्ने होइन, यस्ता अनुपम स्थलहरू पनि छन् भन्ने सन्देश यसले दिएको छ। सरकारले जिम्मेवारी खेल्नुपर्ने ठाउँमा यो टिमले गरेको पहल प्रशंसनीय छ।

निर्देशक विजय अधिकारीले पुराणमा वर्णित लङ्काका राजा रावणले कैलाश पर्वत पुगेर गरेको साधनाको प्रसङ्ग स्मरण गर्दै लाप्चा पुगेर कैलाश र मानसरोवर प्रत्यक्ष देख्यौं र त्यही स्थानमा यो गीतलाई जीवित तुल्याउने काम गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?