मानसरोवर नमुना मावि ६५ औं वर्षमा प्रवेश

मानसरोवर नमुना मावि ६५ औं वर्षमा प्रवेश
+
-

हुम्ला – सिमकोट गाउँपालिकाको मानसरोवर नमुना मावि ६५ औं वर्षमा प्रवेश गरेको छ। शुक्रबार एक कार्यक्रमको आयोजना गरि विद्यालयले आफ्नो बार्षिक उत्सव एवं अभिभावक दिवस मनाएको छ।

जिल्लाकै पुरानो विद्यालयमा पर्ने मानसरोवर नमूना मावि आफ्नो स्थापनाको ६४ वर्ष पुरा गरेर ६५ औं वर्षमा प्रवेश गरेका छ। विद्यालयले एक कर्यक्रमको आयोजना गरेर शुक्रबार दिनभर मनाएको छ। विद्यार्थीद्वारा सदनात्मक रुपमा नृत्य प्रस्तुत गरिएको थियो।

प्रधानाध्यापक अमरबहादुर शाहीले विद्यालयमा आय र व्यय प्रस्तुत गरेका थियो। बार्षिक उत्सवको अवसरमा शुभकामना दिने बक्ताहरुले गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यलाई प्राथमिकतामाा राख्न सुझाव दिएका थिए। पछिल्लो समय उक्त विद्यालयको शैक्षिक अवस्था खस्कदो रुपमा रहेकोमा बक्ताले चिन्तासमेत ब्यक्त गरेका थिए।

विद्यालयमा पठनपाठनलाई प्राथमिकतामाा राख्न पनि विद्यालय परिवारलाई आग्रह गरिएको थियो। बार्षिक उत्सवको अवसरमा सञ्चालन गरिएका खेलकुद गतिविधिका विजेता छात्रछात्रालाई पुरस्कर प्रदान गरिएको थियो भने विद्यालयमा गत शैक्षिक सत्रमा प्रथम, द्धितीय, तृतीय, विद्यालय प्रथमलगायत गतिविधिमा सफल विद्यार्थीलई पनि पुरस्कार प्रदान गरिएको थियो।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मानवहादुर रोकाया अध्यक्षतामा सञ्चलन भएको कार्यक्रममा सासद छिरिङ डम्डुल लामा, जिल्ला समन्वय समितिका उपप्रमुख दल फडेरा, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल, सिमकोटका अध्यक्ष विजय भण्डारी, नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामालगायत सहभागी थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?