रमेश भुसालको ‘छालबाटो’लाई पद्मश्री साहित्य पुरस्कार

रमेश भुसालको ‘छालबाटो’लाई पद्मश्री साहित्य पुरस्कार
+
-

काठमाडौँ- खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले २०८१ सालको पद्मश्री साहित्य पुरस्कार लेखक रमेश भुसाललाई प्रदान गर्ने भएको छ। उनले आफ्नो संस्मरणात्मक नियात्रा कृति ‘छालबाटो’ का लागि पुरस्कार पाउनेछन्।

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेका अनुसार, यस वर्षको पद्मश्री साधना सम्मान नेपाली शिक्षा परिषद्की अध्यक्ष रमा शर्मालाई अर्पण गरिनेछ।

उनले आफ्नो जीवन भाषा, साहित्य, संस्कृति र कलाको उन्नयनमा समर्पित गरेको भन्दै प्रतिष्ठानले सम्मानको घोषणा गरेको हो। शर्माका अन्वेषण, समालोचना, जीवनी, निबन्ध, भाषा, बालसाहित्यलगायत करिब दुई दर्जन कृति प्रकाशित छन्।

त्यसैगरी, पद्मश्री गौरव पुरस्कार यस वर्ष प्रा.डा. अभि सुवेदीलाई प्रदान गरिने निर्णय गरिएको छ। नेपाली र अंग्रेजी दुवै भाषामा कलम चलाउने सुवेदी निबन्धकार, समालोचक, भाषाविद्, नाटककार, अनुवादक तथा कवि हुन्। उनका करिब तीन दर्जन कृति प्रकाशित छन्।

यी पुरस्कारको राशि जनही अक्षरेपी तीन लाख रुपैयाँ नगद र सम्मानपत्र रहेको छ। पुरस्कार तथा सम्मान आगामी कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिने प्रतिष्ठानले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?