
काठमाडाैँ – ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराइरहेको महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्स, कोलकाता, भारतको प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ। बैंकले ‘सम्पत्ति गुणस्तर’ अन्तर्गतको विधामा सम्मान पाएको हो।
अगस्ट २९, २०२५ मा नयाँदिल्लीमा आयोजित ‘तेस्रो इर्मजिङ्गएसिया बैंकिङ्ग कनक्लेभ एण्ड अवार्डस’कार्यक्रममा
बैंकले उक्त सम्मान प्राप्त गरेको हो। बिमस्टेक क्षेत्रमा सबैभन्दा प्रतिष्ठित रहेको बैंकिङ्ग कनक्लेभ तथा अवार्ड कार्यक्रममा भारत, श्रीलंका, नेपाल, म्यानमार, बंगलादेशका बैंकको सहभागिता थियो।
बैंकले सम्पतिको संरचना, सम्पतिको प्रभावकारी परिचालनतथा सम्पतिको गुणस्तर सुधारमा उल्लेखनीय कार्य गरेबापत उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो। यस अवार्डको प्राप्तिसँगै अन्र्तराष्ट्रिय क्षेत्रमा बैंकको पहिचान स्थापित गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।
हालै मात्र महालक्ष्मी विकास बैंक र भारतको अग्रणी वित्तीय संस्थाएच डीएफसी बीच सीमा–पार वित्तीय सेवालाई प्रवद्र्धन गर्न तथा भारतबाट नेपालमा भुक्तानीसम्बन्धी कार्य गर्न समझदारी भएको छ। समझदारीअन्तर्गत महालक्ष्मी विकास बैंकले ग्राहकहरुले भारतबाट नेपालमा भुक्तानी गर्न मिल्ने प्रणालीे सञ्चालनमा ल्याएको हो।