निजामती कर्मचारी संगठनद्वारा देशसञ्चारका उपसम्पादक खनालसहित चार जना पुरस्कृत

निजामती कर्मचारी संगठनद्वारा देशसञ्चारका उपसम्पादक खनालसहित चार जना पुरस्कृत
+
-

झापा – नेपाल निजामती कर्मचारी संगठन झापा तथा राष्ट्रसेवक सहकारी संस्थाको संयुक्त आयोजनामा पत्रकार उमाकान्त खनाललगायत चार जनालाई पुरस्कृत गरिएको छ।

नेपाल निजामती कर्मचारी संगठनका कुशल संगठक स्वर्गीय प्रमोद तामाङको स्मृतिमा स्थापित नगद राशि ९ हजार ९ सय ९९ र सम्मान पत्रसहित सुशासन पत्रकारिता पुरस्कारबाट पत्रकार खनाल पुरस्कृत भएका हुन्।

उनी देशसञ्चार अनलाइनका उपसम्पादक हुन्। अढाइ दशकभन्दा लामो समय पत्रकारिता पेशामा आबद्ध खनालले बीबीसी नेपाली सेवालगायत थुप्रै प्रतिष्ठित सञ्चारमाध्यममा काम गरिसकेका छन्।

त्यस्तै, स्वर्गीय प्रमोद तामाङ स्मृति उत्कृष्ट राष्ट्रसेवक पुरस्कारबाट अर्जुनधारा नगरपालिकाका इन्जिनियर कमलराज पौड्याल तथा डिभिजन वन कार्यालयअन्तर्गत कनकाई सब डिभिजन कार्यालयमा कार्यरत कार्यालय सहयोगी देवका गौतम पुरस्कृत भएका छन्। उनीहरूलाई जनही १० हजार १ सय ५० रुपैयाँका दरले नगद पुरस्कारसहित सम्मान पत्र प्रदान गरिएको थियो।

आइतबार भद्रपुर १० मा आयोजित पुरस्कार वितरण कार्यक्रममा झापा बिर्तामोडमा रहेको मोहनमाया माध्यमिक विद्यालयमा अध्ययन गरेकी छात्रा ताकिता शर्मालाई पनि २०८१ को कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक ल्याएवापत स्वर्गीय प्रमोद तामाङ स्मृति छात्रवृत्ति प्रदान गरिएको संगठनका झापा सचिव उदय मैनालीले जानकारी दिए। उनलाई नगद ५ हजार १ सय प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि संगठनका केन्द्रीय अध्यक्ष भवानी न्यौपाने दाहालले जनतामुखी सेवाका लागि निजामती कर्मचारीले कन्जुस्याइँ गर्न नहुने कुरा जोड दिइन्।

संगठनका झापा अध्यक्ष हिरण्य न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज वशिष्ठ अधिकारीले संगठन निर्माणमा स्वर्गीय तामाङको भूमिकाका बारेमा चर्चा गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?