काठमाडौँमा सम्पन्न भयो ‘काठमाडौँ क्रोनिकल्स’, संस्कृति र उत्सवको भव्य मिश्रण

काठमाडौँमा सम्पन्न भयो ‘काठमाडौँ क्रोनिकल्स’, संस्कृति र उत्सवको भव्य मिश्रण
+
-

काठमाडौँ – एमक्यूबले बीवाईडीसँगको सहकार्यमा आयोजना गरेको ‘काठमाडौँ क्रोनिकल्स’ कार्यक्रम सम्पन्न भएको छ।

नक्सालस्थित मेरिएट काठमाडौँमा सम्पन्न भएको यो कार्यक्रमले संस्कृति, सहकार्य र अन्वेषणलाई एकै ठाउँमा ल्याएको थियो। यो कार्यक्रम मेरिएटका MICE (Meetings, Incentives, Conferences, and Exhibitions) ग्राहकहरूको लागि विशेष रूपमा तयार गरिएको थियो।

परम्परागत बैठकभन्दा फरक अनुभव

एमक्यूब नेपालले यस वर्ष परम्परागत बैठकको अवधारणालाई तोड्दै सहभागीहरूलाई सहरकै बीचमा राखेर यो कार्यक्रम आयोजना गर्यो। ‘काठमाडौँ क्रोनिकल्स’ लाई ट्रेजर हन्टको शैलीमा तयार गरिएको थियो, जसले सहभागीहरूलाई साइटसिइङ, स्थानीय संस्कृति बुझ्ने र टिममा काम गर्ने अवसर प्रदान गर्यो। सहभागीहरू बीवाईडीका कारहरूमा चढेर काठमाडौँ दरबार स्क्वायर, पाटन दरबार स्क्वायर र स्वयम्भूनाथ लगायतका ऐतिहासिक स्थलहरूमा पुगेका थिए।

यी हरेक स्थलहरूमा टोलीहरूले रिडलहरू हल गर्ने र सांस्कृतिक चुनौतीहरू पूरा गर्ने अवसर पाएका थिए। यसले उनीहरूलाई सहरको इतिहासलाई जीवन्त रूपमा अनुभव गर्न मद्दत पुर्यायो। कार्यक्रमले नेपाल केवल एक बैठकस्थल मात्र नभएर व्यापार, संस्कृति र एडभेन्चरको उत्कृष्ट गन्तव्य हो भन्ने सन्देश पनि दिएको छ।

‘काठमाडौँ एक्सपर्ट्स’को उपाधि

यस एडभेन्चरसहितको कार्यक्रमको समापन फेयरफिल्ड बाइ मेरिएट काठमाडौँमा भव्य समारोहसँगै भएको थियो। समारोहमा विजेता टोलीलाई ‘काठमाडौँ एक्सपर्ट्स’ को उपाधि प्रदान गरिएको थियो।

मेरिएट इन्टरनेशनलका उत्तर भारत, नेपाल र भुटानका लागि मार्केट भाइस प्रेसिडेन्ट अरुण कुमारले कार्यक्रमबारे बोल्दै भने, “काठमाडौँ क्रोनिकल्सले यस सहरको सम्पदा र संस्कृतिलाई सामान्य बैठकभन्दा फरक तरिकाले उत्कृष्ट ढंगले प्रस्तुत गर्‍यो। यो कार्यक्रमले एमक्यूब र बीवाईडीसँग मिलेर नेपाललाई व्यापार र अन्वेषण दुवैका लागि एउटा विशेष गन्तव्यको रूपमा स्थापित गरेको छ।”

एमक्यूब, बीवाईडी र मेरिएटको यो सहकार्यले इनोभेसन, आतिथ्य र सम्पदालाई एकै ठाउँमा जोडेको छ। ‘काठमाडौँ क्रोनिकल्स’ ले MICE उद्योगले कसरी संस्कृति, दिगोपना र एडभेन्चरलाई सँगै लान सक्छ भन्ने एउटा उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?