गाउँपालिका केन्द्र सर्केगार्डमा जग्गाको मूल्य अकासियो

गाउँपालिका केन्द्र सर्केगार्डमा जग्गाको मूल्य अकासियो
+
-

हुम्ला – जिल्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिका केन्द्र सर्केगार्डमा जग्गाको मूल्य अकासिएको छ। ग्रामीण वस्तीबाट गाउँपालिका केन्द्रमा जग्गा खरिद गरेर घर निर्माण गर्ने संङ्ख्या बढेसँगै जग्गाको मूल्य बृद्धि भएको हो।

मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिका केन्द्र सर्केगार्डमा जग्गाको निक्कै मुल्य बृद्धि भएको सर्केगार्ड गाउँपालिका– ७ का कृष्ण प्रसाद जैसीले बताए। सदरमुकाम सिमकोट पछिको दोस्रो बजार भएको स्थान र जग्गा कम तर माग बढी भएपछि जग्गाको मुल्य निक्कै बढेको हो। हाल सर्केगार्डमा जिल्ला दररेटमा प्रतिवर्ग मिटर एक हजार सात सय रुपियाँ निर्धारण गरिएको छ।

तर, ब्यक्तिगत रुपमा बेचबिखन हुँदा प्रति मिटर साढे दुई लाख रुपियाँँसम्म पर्ने गरेको छ। पहिला पनि मुल्य बढी नै पर्ने गरेको भएपनि केन्द्र राष्ट्रिय सडक सञ्जाल जेडिएपछि झनै मुल्य बृद्धि भएको हो।

अर्का स्थानीय कर्णजंग शाहीले शहर बजार भन्दा सर्केगार्डको जग्गाको मुल्य कम नभएको बताउदै आरसिसि भवन निर्माण हुन थालेपछि जग्गाको मुल्य बृद्धि निक्कै बृद्धि भएको बताए। घर निर्माणका लागि जग्गा कम भएको र वडा वडाबाट स्थानीय गाउँपालिका केन्द्र सर्केगार्डमा जग्गा खरिद गरेर घर निर्माण गर्ने काममा लागेपछि जग्गाको भाउ स्वभाविक बृद्धि भएको उनको भनाई छ। सर्केगार्ड बराबरको जग्गाको मुल्य बृद्धि नभएपनि अन्य पाँच वटा नाम्खाको याल्वाङ, खार्पुनाथको याङ्चु बजार, चङ्खेलीको पिप्लाङ, अदानचुलीको श्रीनर र ताजाकोटको छप्रेलामा पनि जग्गाको भाउ बढ्दै गएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?