
अफगानिस्तानको पूर्वी क्षेत्रमा विनाशकारी भूकम्पमा मृत्यु हुनेको संख्या ६१० पुगेको तालिबान सरकारको गृह मन्त्रालयले जनाएको छ। घटनामा १ हजार ३०० भन्दा बढी मानिस घाइते भएको बिबिसीले जनाएको छ।
आइतबार राति ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो। भूकम्पमा ठूलो मानवीय तथा भौतिक क्षति भएको हो।
घाइतेको नांगरहार र कुनार प्रान्तका अस्पतालमा उपचार भइरहेको छ।
भूकम्पको धक्का पाकिस्तानको इस्लामाबाद र एबटाबादसम्म महसुस गरिएको थियो। नेपाली समयअनुसार राति १:०२ बजे यो भूकम्प रेकर्ड भएको हो।
पहिलो झट्कापछि निरन्तर पराकम्पहरू आएको बताइएको छ। तीमध्ये ४.७, ४.३ र ५.० म्याग्निच्युडका झट्का अनुभव गरिएका थिए।