
काठमाडाैँ – सिटी एक्सप्रेस मनि ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड २०८२ सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न लगातार ९ हप्ता सम्म चल्ने गरी “यो दशैं तिहारमा सिटी एक्सप्रेसको साथ , हरेक हप्ता १ लाख” उपहार योजना घोषणा गरेको छ।
उक्त कार्यक्रममा हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपालको उपस्थिति थियो। सिटी एक्सप्रेसको यो उपहार योजनाअन्तर्गत लक्की ड्र मार्फत हरेक हप्ता १ जनालाई रु १ लाख र हरेक दिन सबैलाई सिटी पे बाट क्याश ब्याक पाउने योजनामा रहेको छ।
कम्पनीका अनुसार यस “यो दशैं तिहारमा सिटी एक्सप्रेसको साथ , हरेक हप्ता १ लाख” अफर भाद्र १६ देखी कार्तिक १५ गते सम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु हुने छैन।
सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १९ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आएकाे छ।