
काठमाडौँ– बजारमा डेभिल्स् नुडल्स (Devil’s Hot Chicken Noodles) ल्याइएको छ।
पाँच वर्षदेखिको नुडल्स निर्यातकर्ता एशियन थाई फुड्सले नयाँ उत्पादनका रुपमा ‘डेभिल्स् नुडल्स ल्याएको हो।
आइतबारदेखि उक्त नुडल्स बजारमा पठाइएको कम्पनीले जनाएको छ। यस नयाँ नुडल्सलाई नेपालकै सबैभन्दा स्वादिष्ट मसालेदार नुडल्सका रुपमा कम्पनीले लिएको छ।
एशियनथाई फुड्सका निर्देशक आशिष जाजुले डेभिल्स् नुडल्सले फरक स्वाद दिने बताए।
नुडल्सको मूल्य प्रतिप्याकेट रु ५० तोकिएको छ भने ५ प्याकेटको पारिवारिक प्याकेट भनेर रु २५० मा तोकिएको कम्पनीले जनाएको छ।
साथै प्रत्येक प्याकेटमा चकलेट वेफर पनि राखिएको छ, जसले तातो खानापछि मिठासको स्वाद थप गर्ने कम्पनी विश्वास व्यक्त गर्छ।