
मुगु – मुगुमा अविरल वर्षा र खराब मौसमका कारण विगत तीन दिनदेखि हवाई सेवा पूर्णरूपमा अवरुद्ध भएको छ। रारा विमानस्थल ताल्चामा उडान रोकिएपछि जिल्लामा आउजाउ गर्ने यात्रुहरू अलपत्र परेका छन्।
सदरमुकाम गमगढी र आसपासका गाउँबाट ताल्चा विमानस्थल पुगेका यात्रुहरू दिनदिनै विमानस्थलमै प्रतीक्षा गर्दै निराश भएर फर्किन बाध्य भएका छन्।
रारा विमानस्थलका प्रमुख रामेल बरियाले अविरल वर्षासँगै बाक्लाे हुस्सु र कुहिराेकाा कारण जहाज उड्न नसकेको जानकारी दिए।
बुधबारबाट उडान सुचारू हुन सक्ने विमानास्थल प्रमुख बरियाले जानकारि दिए। ‘पछिल्ला तीन दिनदेखि लगातार मौसम बिग्रिँदा एउटा उडानसमेत हुन सकेकाे छैन,’ उनले भने।