
जनकपुरधाम – सर्लाहीमा लागूऔषध गाँजासहित एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका १२ घारीबथान बस्ने ३२ वर्षीय सञ्जिव भुजेल रहेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ।
सर्लाहीका प्रहरी निरीक्षक बालिस्टर सिंहका अनुसार पूर्व–पश्चिम राजमार्गको दोस्रो लच्कानजिकै लागूऔषध ओसारपसार भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले भुजेललाई गाँजासहित पक्राउ गरेको हो।
भुजेललाई चेकजाँच गर्दा सोही स्थानमा तीन वटा प्लाष्टिकको बोराभित्र परालले छोपेर राखेको अवस्थामा ५५ केजी २२० ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
मंगलबार सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ।