
चीनको राजधानी बेइजिङको मुटुमा चिनियाँ भिक्ट्रि परेड सुरु भएको छ।
भव्य सैनिक परेडअगाडि चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनलाई कुनै पनि धाकधम्कीबाट नतर्सिने र सधैं अगाडि बढिरहने राष्ट्र भएको बताएका थिए।
यो कार्यक्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनसहित २६ राष्ट्रका प्रमुखहरू सहभागी भएका छन्। सी, पुटिन र किम एकैपटक भेटेको यो पहिलो अवसर हो।
विश्लेषकहरूले परेडमा नयाँ हाइपरसोनिक मिसाइल, मानवरहित पानीमुनि चल्ने ड्रोन र आधुनिक लडाकु विमान प्रदर्शन हुने अपेक्षा गरेका छन्। यसलाई सी चिनफिङले आफ्नो कूटनीतिक प्रभावशक्ति र अमेरिकासँग प्रतिद्वन्द्विता गर्ने चीनको बढ्दो क्षमताको प्रदर्शन गर्ने अवसरका रूपमा लिएको छ।
यो कार्यक्रम दोस्रो विश्वयुद्धमा जापानको औपचारिक आत्मसमर्पण र चीनको विजयको ८० औँ वर्षपूर्तिको अवसरमा आयोजना गरिएको हो। यसका लागि केन्द्रीय बेइजिङलाई पूर्ण रूपमा बन्द गरिएको छ।