एलएस अटोमा ‘फेस्टिभ अफर’

एलएस अटोमा ‘फेस्टिभ अफर’
+
-

काठमाडौँ– एलएस अटोको नेपाली आधिकारिक आयातकर्ता कम्पनी ब्लू कर्पोरेशनले चाडपर्व लक्षित गर्दै ‘फेस्टिभ अफर’ ल्याएको छ।

नजिकिँदै गरेको दशैं-तिहार लक्षित गर्दै ल्याएको यो अफरमा रहेर गाडी किन्दा न्यूनतम डाउन पेमेन्टको सुविधादेखि उपहार तथा नगदमा भारी छुट ग्राहकले पाउने छन्।

विभिन्न छुट र बोनसको समावेशसहित गाडीको खरिदमा कुल ८ लाख रुपियाँसम्मको लाभ लिनसक्ने गरी फेस्टिभ अफर आएको कम्पनीका महाप्रबन्धक नविन फुयाँलले जानकारी दिए।

कम्पनीले बिक्री गर्दै आएको ‘एलईभी-०१’ गाडी ग्राहकहरूले यो अफर अन्तर्गत केवल २० प्रतिशतको डाउन पेमेन्टमा घर लैजान सक्नेछन्।

फुयाँलका अनुसार यस अफर अन्तर्गत गाडी किन्ने ग्राहकका जोडिले निःशुल्क ५ रात ६ दिनको सिङ्गापुर र मलेसिया घुम्ने अवसर प्राप्त गर्ने छन्।

यस्तै, फेस्टिभ अफरमा कम्पनीले १ लाखको नगद छुट, १ लाख रुपियाँको एक्सचेञ्ज बोनस, निःशुल्क बीमा सुविधाको पनि प्रदान गरेको छ। कम्पनीका अनुसार यही अफर भित्र गाडी किन्दा १० किलो क्षमताको वाशिङ मेसिन निःशुल्क दिइने बताइएको छ।

कम्पनीले यो अफर सीमित समयको लागि मात्र रहेको जानकारी दिँदै इच्छुक ग्राहकहरूलाई नजिकको शोरुमा सम्पर्क गरी यसको लाभ लिन सक्ने बताएको छ।

एलईभी-०१ गाडीमा ६७.१२ किलोवाट आवरको ब्याट्री क्षमता छ। ५०० किलोमिटर भन्दा बढी एकपटकको फुल चार्जमा कुदाउन सकिने यो गाडीको ग्राउन्ड क्लियरेन्स २१० मिमी रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?