काठमाडौं- सरकारले नेपालमा दर्ता हुन नआएका सामाजिक सञ्जाल र ओटिटी प्लेटफर्महरू बन्द गर्ने तयारी गरेको छ।
सञ्चार मन्त्रालयमा दर्ता हुन नआएका सामाजिक सञ्जाल र ओटिटी फ्लेटोफर्महरूबारे निर्णय गर्न बसेको बैठकमा यस्ता प्लेटफर्महरू सूचीकृत नहुञ्जेलसम्मका लागि बन्द गर्ने तयारी भएको स्रोतले जानकारी दिएको छ।
प्रधानमन्त्री केपी ओलीका मुख्य सल्लाहकार बिष्णु रिमालले बिहीबार बिहान सामाजिक सञ्जालमा एक सामग्री पोस्ट गर्दै सरकारले सामाजिक सञ्जाल बन्द गर्नसक्ने संकेत गरेका थिए।
यसलगत्तै सञ्चार मन्त्रालयमा बसेको बैठकमा सामाजिक सञ्जाल बन्द गर्ने गरी निर्णय हुँदै गरेको स्रोतले जानकारी दिएको छ। बैठकमा सुचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङसमेत सामेल छन्।
सर्वोच्च अदालतले पनि बुधबार एक परमादेश जारी गर्दै सामाजिक सञ्जाल तथा ओटिटी प्लेटफर्महरू नेपालमा दर्ता नभए बन्द गर्न भनेको थियो।
सरकारको निर्णयमा सर्वोच्चको परमादेश पनि आदेश बन्ने देखिएको छ।

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































