यातायात प्रणालीलाई पारदर्शी, सुरक्षित र प्रभावकारी बनाउन इम्बोस्ड नम्बरप्लेट अनिवार्यः मन्त्री दाहाल

यातायात प्रणालीलाई पारदर्शी, सुरक्षित र प्रभावकारी बनाउन इम्बोस्ड नम्बरप्लेट अनिवार्यः मन्त्री दाहाल
+
-

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सवारीसाधनहरूमा इम्बोस्ड नम्बरप्लेट अनिवार्य जडान गर्ने कार्यले समग्र यातायात प्रणालीलाई पारदर्शी, सुरक्षित र प्रभावकारी बनाउने बताएका छन्।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री दाहालले डिजिटल नेपाल अभियानलाई अगाडि बढाउन यातायात क्षेत्रलाई पनि पूर्ण रूपमा डिजिटलाइज गर्नुपर्ने आवश्यकता रहेको बताए।

उनले इम्बोस्ड नम्बरप्लेट प्रणाली लागू भएपछि सवारीसाधनको स्पष्ट जिल्ला र प्रदेशको एकीकृत विवरण प्राप्त गर्न सहज हुने बताए।

उनले इम्बोस्ड नम्बरप्लेटले ट्राफिक व्यवस्थापन, सडक अनुमति प्रणाली र आपराधिक गतिविधि नियन्त्रणमा प्रभावकारी सहयोग विश्वास व्यक्त गरे।

इम्बोस्ड नम्बरप्लेट उत्पादनको लागि २०७३ जेठ १७ गते पाँच वर्षका लागि सम्झौता भएकोमा पछिल्लो पटक यो म्याद २०८२ मंसिर ११ सम्म लम्ब्याइएको मन्त्री दाहालले जानकारी दिए।

उनले हालसम्म ६ लाख ३५ हजार ५ सय ४५ इम्बोस्ड नम्बरप्लेटहरु छपाइ भइसकेको र सम्बन्धित कम्पनीलाई ९३ लाख अमेरिकी डलर भुक्तानीसमेत भइसकेको जानकारी दिए। उनले अन्तर्राष्ट्रिय आवागमन सहज गर्नलाई इम्बोस्ड नम्बर प्लेट अंग्रेजीमा राखिएको बताए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’