काठमाडौँ – संसदीय सुनुवाइ समितिको सभापतिका कांग्रेसका रामहरि खतिवडाको उम्मेदवारी परेको छ।
बिहीबार कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेको प्रस्ताव र एमालेका प्रमुख सचेतक महेश बर्तौलाको समर्थनमा खतिवडाले उम्मेदवारी दर्ता गरेका हुन्।
संघीय निजामति विधेयकको कुलिङ पिरियड राख्ने सन्र्दभमा समितिको निर्णयभन्दा फरक प्रतिवेदन तयार भएपछि खतिवडा छानबिनमा परेका थिए। छानबिन समितिले उनलाई जिम्मेवार ठहर गरेपछि साउन २८ गते राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा गरेका थिए।
सुनुवाइ समितिको सभापति रहेकी ईश्वरी न्यौपानेलाई राज्य व्यवस्थामा ल्याएपछि कांग्रेस एमालेले खतिवडालाई सुनुवाइ समितिको सभापति बनाउन लागेका हुन्।
शुक्रबार बस्ने समितिको बैठकले खतिवडालाई सभापति चयन गर्नेछ।

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































