
काठमाडौँ– पटक–पटक सूचना नै जारी गरेर आग्रह गर्दा पनि नेपालमा आधिकारिक रुपमा दर्ता हुन नआएपछि सरकारले फेसबुक, युट्युव, ह्वटस्एपलगायतका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ।
जसमा २६ वटा सामाजिक सञ्जाल बन्द हुने भएका छन्। फेसबुक, म्यासेन्जर, युट्युब, एक्स (ट्वीटर), इन्स्टाग्राम, ह्वाट्सएप, स्न्याप चयाट रहेका छन्।
यस्तै क्लब हाउस, थ्रेड,वी च्याट,सम्ब्लर, मास्टर डन, इमो, पिन्ट्रेस्ट, लाइन, कोरा, सोल, लिंक्ड इन, रेडिट, जालो, सिग्नल, डिस्कर्ड, रम्बल, मि वी, मि भिके र हाम्रो पात्रो चल्नेछैनन्।
यी सामाजिक सञ्जाललाई बिस्तारै बन्द गर्दै लैजाने तयारीमा सरकार छ।
यी चल्नेछन् नेपालमा
नेपालमा आधिकारिक दर्ताका रुपमा पाँच वटा सामाजिक सञ्जाल छन्। यी निर्वाधरुपमा चल्नेछन्। जसमा टिकटक, भाइबर, निम्बुज, वीटक र ओपोलाइट रहेका छन्।
टेलिग्राम र ग्लोबल लिंक पनि दर्ता प्रकृयामा रहेकाले यी दुईलाई पनि सरकारले चल्न दिनेछ।