एनीडेस्क, टिमभ्युअरको विकल्प अब नेपाली सफ्टवेयर मल्टिपलडेस्क (भिडियो)

+
-

नेपाल अक्सर प्रविधिको मामलामा पश्चिमा देशहरु भन्दा निकै पर छ। त्यसका बहुल कारणहरु छन्। उचित स्रोत साधन नहुनु, दक्ष जनशक्तिको कमी हुनु र सबैभन्दा महत्वपूर्ण रुपमा देशको आर्थिक स्थिति कमजोर हुनु। तर यही कुरालार्ई मात्र सधैँ केन्द्रविन्दुमा राखेर भाष्यकै रुपमा यसलाई निर्माण गर्नु भने उचित हुँदैन। सानो अवधिमा धेरै उल्लेखनीय कामहरु हुन गाह्रो भए पनि केही उदाहारणीय कामहरु गर्न सकिन्छ र त्यही स्वरुप देशले आइटी क्षेत्रमा त्यसता उदाहारणहरु भेट्न थालेको छ। उपलब्ध भएका स्रोत एवम् साधनहरुको प्रयोगले नेपाल विस्तारै त्यो भाष्य चिर्ने यात्रामा अग्रसर देखिन्छ। प्रविधिको क्षेत्रमा दैनिक केही न केही काम भइ नै राखेका छन् र नेपालको आइटी क्षेत्र गुणत्मक हिसाबले प्रगतिपथमा लम्किरहेको अवस्था छ।

आइटी क्षेत्रमा लगानी तुलनात्मक हिसाबले निकै बढिरहेको स्थिति छ। खोज र अनुसन्धानको पूर्ण कदमले नवीन कार्य भइरहेको छ। त्यही यात्राको अग्र पंक्तिमा भेटिन्छन् जुनेली इन्क कम्पनीका अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृत अपार थेबे। उनले रिमोट डेस्कटप सफ्टवेयर मल्टिपलडेस्क लिएर आएका छन्। विभिन्न देशले यस खालका सफ्टवेयरहरु बनाएका छन् तथापि नेपालमा भने यो पहिलो नेपाली रिमोट डेस्क सफ्टवेयर हो। अन्तर्राष्ट्रिय रिमोट डेस्कटप सफ्टवेयर प्रयोग गर्दा मासिक सयौँ डलर खर्च हुने कारणले अब तिनको विकल्पका रुपमा नेपालमै मल्टिपलडेस्क डेस्कटप रिमोट एप बनाइएको उनको दाबी छ।

रिमोट डेस्कटपले घर वा कार्यालयका कम्युपरलाई अन्त कतै बसेर पनि यस सफ्टवेयरको मद्धतले चलाउन सक्ने सुविधा प्रदान गर्छ। हाल नेपालमा टिम भ्युअर, एनीडेस्क जस्ता सफ्टवेयर एप्लिकेसनहरु निकै चर्चित छन् र यिनको प्रयोग बढी हुने पाइएको छ। यी एपहरु मार्फत आफूसँग तत्कालीन अवस्थामा उपलब्ध भएको ल्याप्टप वा डेस्कटपबाट नै घर वा अफिसमा भएका कम्प्युटरको फाइल देखि लिएर अन्य विविध कुराहरुमा पहुँच गर्न सकिन्छ।

कोरोनाको कालमा बढेको हाइब्रिड वर्किङ कल्चर र वर्क फ्रम होम जस्ता कार्यशैलीका लागि यस खालका सफ्टवेयर एपहरु निकै प्रभावशाली साबित भएका छन् । जुनेली इन्क कम्पनीले अब देशमै भनेको यो मल्टिपलडेस्क लिएर आएपछि भने यसले नेपालको पैसा नेपालमै रहने र परर्निभरता घट्ने विश्वास राख्छन्- यसका प्रमुख कार्यकारी अधिकृत अपार थेबे । उनी भन्छन्- वास्तममा हामीले के कुरालाई ध्यान दिनु पर्छ भने नेपालको हकमा कम्जोर अर्थतन्त्र उकासनका लागि नेपालको पैसा नेपालमै रहनुले उल्लेखनीय योगदान दिन्छ । आफू स्वयंले महिनाको सयौँ डलर तिरेर विदेशी एपबाट काम गरिरहेका थेबेले अब आफ्नो मात्र नभएर समग्रकै नेपालकै लागि एउटा नयाँ बाटो खोलेका छन् ।

हालसम्म झन्डै ९ हजार भन्दा बढी प्रयोगकर्ताले मल्टिपलडेस्क डाउनलोड गरिसकेका छन् । भारत, चीन, रुस र तुर्कमिनिस्तानमा समेत एप डाउन्लोड भइसकेको छ ।

डेटा सुरक्षा र गोपनीयता आजको विश्वमा निकै ठुलो चुनौतीको विषय बनेको छ । उक्त डेटा सुरक्षा र गोपनीयताका लागि एईएस २५६ बिट इन्क्रिप्सन, डिजिसर्टको ईभी लाइसेन्स जस्ता प्रावधानहरुको प्रयोग मल्टिपलडेस्कमा गरिएको थेबे बताउँछन् । उनी भन्छन्, ‘आर्थिक पाटोसँगै नेपालको डेटा नेपालमै रहनुले घरको कुरा घरमै रह्यो र सुरक्षित हुने भयो।’

यसरी नेपाली कम्पनीले नेपालमै यस किसिमको एप बनाएर नेपाली समक्ष सहज र सुलभ पहुँचमा ल्याउनुले समग्र देशलाई नै फाइदा हुने कुरामा थेबे ढुक्क छन् । सरकारी तहबाट भने कुनै पनि किसिमको सौहार्द्रता हालसम्म नपाइएकोमा गुनासो पोख्छन् उनी। उनी भन्छन्, ‘सरकारले हामीसँग सहकार्य गरोस् भन्ने चाहनापछिको होला तर कमसेकम हाम्रो सफ्टवेयरको प्रयोगसम्म गर्दिएर हामीलाई प्रोत्साहन दियोस् भन्ने लागेको छ।’

यी र यस्ता विविध विषयमा रहेर उनीसँग गरिएको भिडियो अन्तर्वार्ता यहाँहरुले हेर्न सक्नुहुने छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?