
झापा – इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको १५००औं जन्मोत्सवको उपलक्ष्यमा झापाका चार पालिकाले भोलि स्थानीय विदा दिएका छन्।
भद्रपुर नगरपालिका, कचनकवल गाउँपालिका, बाह्रदशी गाउँपालिका र झापा गाउँपालिकाले भोलि स्थानीय विदा दिएका हुन् । मुस्लिम समुदायको बसोबास रहेको ती पालिकाहरुमा वर्षेनि स्थानीय विदा दिने गरिएको छ।
चारवटा पालिकाहरुले आज सूचना जारी गर्दै धार्मिक तथा सांस्कृतिक विविधतालाई सम्मान गर्ने उद्देश्यले शुक्रबार कार्यालय तथा विद्यालय बन्द रहने जनाएका छन्। मुस्लिम समुदायका श्रद्धालुले शुक्रबार विशेष प्रार्थना, धर्मोपदेश र सामुदायिक कार्यक्रमहरू गर्ने तयारी गरेका छन्।