पर्यटकीय उचित गन्तव्य बन्न सक्ने थार्पको बुक्ल्यानी पाटन

पर्यटकीय उचित गन्तव्य बन्न सक्ने थार्पको बुक्ल्यानी पाटन
+
-

मुगु – छायाँनाथ रारा नगरपालिका–१३ मा अवस्थित उच्च हिमाली भेगमा रहेको बुक्ल्यानी पाटन प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र परम्परागत जीवनशैलीका कारण पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना बोकेको छ।

थार्प मष्टा देवताको थान भन्दा माथि ऐतिहासिक देवालय मालिका हुँदै करिब एक दिनको पैदल यात्रापछि पुगिने यस पाटनमा प्रायः भेडा तथा बाख्रा चराउने गरिन्छ। यस क्षेत्र गमगढी देखि पुर्बी दिशामा अवस्थित रहेको छ।

बुक्यानी पाटन धार्मिक हिसाबले समेत महत्त्वपूर्ण मानिन्छ। यहाँ पुग्ने पर्यटकले हिमाली मनमोहक दृश्य, हरियाली घाँसे मैदान, विभिन्न ताल तफैया,मौलिक संस्कृति र धार्मिक स्थलको अवलोकन गर्न सक्ने भएकाले पदयात्रा मार्ग र आन्तरिक–वैदेशिक पर्यटन प्रवर्द्धनको सम्भावना रहेको स्थानीय बताउँछन्।

स्थानीय युवा कृष्ण बोहारा का अनुसार, “बुक्यानी पाटन साँच्चिकै प्राकृतिक र धार्मिक दृष्टिले अनुपम ठाउँ हो। यदि सरकारले बाटो, खानेपानी, बासस्थानजस्ता आधारभूत पूर्वाधार विकासमा ध्यान दियो भने यो ठाउँ ठूलो पर्यटक गन्तव्य बन्न सक्छ,” भन्ने धारणा राख्छन्।

त्यस्तै, त्हाँ पुगेका नेविसंघका केन्द्रीय सदस्य धर्मराज शाही ले भने, “हाम्रो पाटन धार्मिक हिसाबले महत्त्वपूर्ण छ। स्थानीय संस्कृतिसँगै पर्यटक आकर्षित गर्ने क्षमता छ। राज्य र पालिकाले प्रोत्साहन गरे हामी युवाले प्रचार–प्रसारमा हातेमालो गर्न तयार छौं,” भनेर बताए।

अति बिकट र दुर्गम हुनाले प्रकृतिले दिएका वरदान पनि राज्यको उचित नजर नपर्दा ओझेल पर्दै आएका छन् । आर्थिक बिकासको मेरूदण्ड भनेकै पर्यटन क्षेत्र भएकाले यस्ता दुरदराजका पर्यटकिय स्थलहरूको पहिचाहन गरि ब्यबस्थित बनाईनु राज्यको दायित्व पर्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?