बाढीपीडित भन्छन्ः राहत होइन, तटबन्ध चाहियो

बाढीपीडित भन्छन्ः राहत होइन, तटबन्ध चाहियो
+
-

दोधारा चाँदनी – कञ्चनपुरको दोधारा–चाँदनीका बाढीपीडितले सरकारसँग राहतको सट्टा स्थायी तटबन्धको माग गरेका छन्।

आइतबारदेखिको भारी वर्षाका कारण आएको बाढीले यहाँको वडा नं १०, ८ र ३ मा जोगबुढा नदीको बाढी बस्ती पसेपछि १५० मानिस विस्थापित भएका थिए।

विद्यालयमा बसेका विस्थापित बुधबार तीन दिनपछि घर फर्के पनि घरभित्र हिलाम्य हुँदा बस्नसक्ने अवस्थामा छैनन्। ‘एक बोरा चामल हामीलाई चाहिँदैन, बस्तीको सुरक्षाका लागि नदी किनारमा पक्की तटबन्ध बनाइदिनुपर्‍यो,’ दोधारा–चाँदनीका स्थानीय यमुना मगरले भनिन्, ‘हामी हरेक वर्ष विस्थापित हुँदै आएका छौँ, पक्की तटबन्ध बनाएर बाढीबाट सधैँका लागि मुक्ति दिनुपर्‍यो।’

हरेक वर्ष आउने बाढीले बस्ती डुबानमा पर्दा खाद्यान्न र खेतमा लगाएको अन्नबालीमा क्षति हुने गरेको छ। स्थानीयले सरकारसँग दीर्घकालीन समाधानको माग गरेका छन्।

‘हामीलाई राहत चाहिँदैन सरकारसँग हाम्रो माग जोगबुढा नदीमा तटबन्ध निर्माण हो,’ यहाँका स्थानीय तुलसा देवी तिरुवाले भनिन्, ‘बाढीले हाम्रा बालबालिका विद्यालय जान पाएका छैनन्। घरभित्र हिलाम्य भएर बस्नसक्ने अवस्था छैन।’

यसै साता जोगबुढा नदीमा आएको बाढीले दोधारा–चाँदनी–३ को पटेराखल्ला, वडा नं ८ को रामपुरे टापुर जर्गा टोल तथा वडा नं १० को शान्ति टोलका ५२ परिवारसँगै सशस्त्र प्रहरीका दुई वटा बिओपीसमेत डुबानका कारण विस्थापित भएका थिए।

‘हरेक वर्ष बाढी आउँछ, सरकारले केही चामल र कपडा दिन्छ। तर अर्को वर्ष फेरि उस्तै हालत हुन्छ,’ स्थानीय प्रेम रोकायाले भने, ‘अब हामीलाई राहत होइन, तटबन्ध चाहिएको छ।’

बाढीबाट विस्थापितले आज दोधारा–चाँदनी नगरपालिकामा तटबन्धको माग गर्दै धर्नासमेत दिएका छन्। नगरपालिकाका नगर प्रमुख किशोर लिम्बूले बाढीको स्थायी समाधान तटबन्ध भएको बताउँदै त्यसका लागि पालिकाले काम गरिरहेको बताए।

‘तटबन्ध निर्माणका लागि पालिकाको बजेटले सम्भव हुँदैन हामी प्रदेश र सङ्घ सरकारको सहयोगमा तटबन्ध निमार्ण गर्ने हो,’ उनले भने, ‘गत वर्ष रु २० करोड प्राप्त भएको थियो, धेरै ठाउँमा तटबन्ध निर्माण गरिए पनि केही स्थानमा बाँकी छ।’

उनले तटबन्ध निर्माण बाँकी रहेका स्थानमा सङ्घ र प्रदेश सरकारसँग बजेट माग गरेको बताए। महाकाली नदी र जोगबुढा नदीले घेरिएको दोधारा–चाँदनी नगरपालिका हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?