विटगन कम्पनीका उत्पादन नेपाली बजारमा

विटगन कम्पनीका उत्पादन नेपाली बजारमा
+
-

काठमाडाैँ – विटगन कम्पनीले आफ्ना उत्पादन नेपाली बजारमा ल्याएकाे छ। प्राइम एसोसिएट्सले विश्वका अत्याधुनिक प्रविधि प्रयोग गरी उत्पादन हुने जोन डियरे ग्रुप अन्तर्गत विटगन ग्रुपका निर्माणसम्बन्धी अत्याधुनिक उपकरण तथा औजारहरुको नेपालका लागि आधिकारिक बिक्रेता नियुक्त भई बिक्री-वितरण गर्न लागेको हाे।

Prime Associates Pvt. Ltd. यस Wirtgen Group बाट उत्पादित विभिन्न प्रकारका निर्माण उपकरण/ औजारको नेपालभरको लागि आधिकारिक विक्रेता भएको CEO Ramesh Palagiri तथा Prime Associates प्रालिका कार्यकारी निर्देशक दीपक आचार्यले जानकारी दिए।

प्राइम एसोसिएट्सले १८ वर्ष देखि नेपाली बजारमा अटोमोबाइल र कन्स्ट्रक्सन इक्विपमेन्टसम्बन्धी कारोबार गर्दै आएको छ। यस अनुसार सडक विस्तारका लागि आवश्यक अस्फाल्ट प्लान्ट, पेभर्स, ब्रुमर, स्टोन क्रसरलगायत कारोबार गर्दै आएको प्राइम एसोसिएट्सले कंक्रिटिङका लागि चाहिने सेल्फ लोडिङ मिक्सचर समेत उपलब्ध गराइरहेको  जनाएकाे छ।

विश्वका विभिन्न देशमा विटगन कम्पनीका उत्कृष्ट तथा विश्वसनीय उत्पादन सडक निर्माण तथा पुनःस्थापनाका  लागि बिक्री-वितरण भइरहेका छन् । विटगन ग्रुप (Wirtgen Group) बाट उत्पादित विटगन, भोग्ले, ह्याम र क्लिम्यान (Wirtgen, Vogele, Hamm & Kleemann) लगायतका विभिन्न ब्रान्डका उपकरणहरू नेपालका सड़क तथा विभिन्न परियोजना लगायत सम्पूर्ण आधारभूत संरचना निर्माणका लागि गुणस्तरयुक्त मेसिन/औजार भएको कम्पनीले दाबी गरेकाे छ।

यसैबीच, ह्याम ब्रान्डको मिनी रोलर एचडी १२ भीभी (HD 12 VV) लन्च गरिएको छ । ह्याम ब्रान्ड सडक निर्माणको क्रममा प्रयोग हुने रोलर र स्वाइल कम्प्याक्टरको विशेषज्ञ नै मानिन्छ । विभिन्न भेरिएन्टमा उपलब्ध हुने सो मिनी रोलरमा दुई भाइब्रेटिङ रोलर ड्रम उपलब्ध छन्। सो रोलरमा बेस्ट इन क्लास पावर र इको-फ्रेन्ड्ली इन्जिन टेक्नोलोजी छ। वजनलाई चारैतिर बराबर फैलाउन र अन-सेन्टर फिल गराउनका लागि थ्री-पोइन्ट आर्टिक्युलेसन उपलब्ध छ । इर्गोनोमिक ड्राइभर प्लेटफर्म, मेसिन र कन्स्ट्रक्सन साइटको उत्कृष्ट भ्यु तथा इन्टेलिजेन्ट वाटर स्प्रिङक्लर सिस्टम जस्ता विशेषता यसमा रहेका छन् ।

नेपालमा विटगनका उत्पादनहरु धेरै निर्माण कार्यमा सफलतापूर्वक प्रयोग भइरहेका छन् । देशभर यसको सर्भिस नेटवर्क उपलब्ध छ । दक्ष प्राविधिकमार्फत बिक्री पछिको सेवा तथा आवश्यक स्पेयर पार्ट्स समेत उपलब्ध छ ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?