वीरगञ्जमा ‘सोल्टी वेस्टेण्ड रिसोर्ट्स’ सञ्चालन हुँदै

वीरगञ्जमा ‘सोल्टी वेस्टेण्ड रिसोर्ट्स’ सञ्चालन हुँदै
+
-

काठमाडौँ – सोल्टी होटल्स एण्ड रिसोर्ट्सले वीरगञ्जमा आफ्नो उपस्थिति विस्तार गर्दै नयाँ होटल ‘सोल्टी वेस्टेण्ड रिसोर्ट्स, वीरगञ्ज’ सञ्चालन गर्ने भएको छ।

यो नयाँ होटल हिमाल वाटर पार्क एण्ड भिलेज होटल लिमिटेडको स्वामित्वमा रहेको छ, जुन सोल्टी होटल्स एण्ड रिसोर्ट्सको ‘वेस्टेण्ड’ ब्राण्डअन्तर्गत आगामी पुसदेखि सञ्चालनमा आउने छ।

सोल्टी वेस्टेण्ड रिसोर्ट्स वीरगञ्जमा आधुनिक आतिथ्य सेवा, भोजनका विभिन्न परिकार, सुविधा सम्पन्न क्यासिनो, स्वीमिङ पुल, हेल्थ क्लब, स्पा, र व्यवसायिक सभा समारोहका लागि सुविधासम्पन्न सभाहललगायतका अत्याधुनिक पूर्वाधार समेटिने बताइएको छ।

यस होटलको व्यवस्थापन सम्झौता सोल्टी होटल्स एण्ड रिसोर्ट्सका तर्फबाट उपाध्यक्ष सुदर्शन चापागाईं र हिमाल वाटर पार्क एण्ड भिलेज होटल लिमिटेडका अध्यक्ष सुनिल कुमार खेतानबीच सम्पन्न भयो।

चापागाईंले भने, ‘यो साझेदारी सोल्टी होटल्स एण्ड रिसोर्ट्सको दीर्घकालीन लक्ष्यअनुरूप नेपालको प्रमुख शहरहरूमा उच्चस्तरीय आतिथ्य सेवा विस्तार गर्ने प्रतिबद्धताको स्पष्ट प्रतिबिम्ब हो। वीरगञ्जमा सोल्टी वेस्टेण्ड रिसोर्ट्सको सुरुआतले समकालीन आतिथ्य सेवा, आत्मीय सत्कार र स्थानीय सांस्कृतिक अनुभवको संयोजन गर्दै अतिथिहरूलाई अविस्मरणीय अनुभव प्रदान गर्नेछ।’

नेपालभित्रैको उच्चस्तरीय आतिथ्य सेवा विस्तार गर्दै सोल्टीले मधेश प्रदेशमा आफ्नो सशक्त उपस्थिति बनाउने र प्रतिस्पर्धात्मक बजारमा अग्रणी गन्तव्यस्थलको रूपमा यो होटललाई स्थापित गर्ने उद्देश्य राखिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?