एभरेष्ट भलिबल लिगः कर्णाली र ललितपुरको सुखद सुरुआत

एभरेष्ट भलिबल लिगः कर्णाली र ललितपुरको सुखद सुरुआत
+
-

पोखरा – दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगमा कर्णाली यशविस र ललितपुर क्विन्सले सुखद सुरुआत गरेका छन्।

शुक्रबारदेखि पोखरामा सुरु लिगमा कर्णाली यशविसले पोखरा निन्जाजलाई र ललितपुर क्विन्सले मधेश युनाइटेडलाई पराजित गर्दै सुखद सुरुआत गर्न सफल भएका हुन्। यी दुवै टोलीले ३ अंक बटुलेका छन्।

प्रतियोगिताको उद्घाटन खेलमा कर्णाली यशविसले सुखद सुरुआत गर्‍यो। कर्णालीले पोखरा निन्जाजलाई ३–० को सोझो सेटमै पाखा लगाएको हो।

पोखरा रंगशालाको बहुउदेश्यीय कभर्डहलमा भएको खेलको पहिलो सेट गत संस्करणको विजेता कर्णाली यशविसले २५–२१ को जीत दर्ता गरायो। दोस्रो सेट २५–२० मा गुमाएको पोखराले तेस्रो सेटमा झनै कमजोर प्रर्दशन गर्दा कर्णालीले २५–१४ को जित निकाल्दै सुखद सुरुआत गरेको हो।

पोखराविरुद्ध जित निकालेको कर्णालीकी एभानजेलिया छन्तावा प्लयेर अफ दि म्याच घोषित भइन्।

दोस्रो खेलमा ललितपुर क्विन्सले मधेश यूनाइटेडलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। गत संस्करणमा एक खेलमा पनि जित हात पार्न नसकेको मधेशविरुद्ध मैदान उत्रिएको ललितपुरले पहिलो सेटमा २५–१७ को जित निकाल्न सफल भयो।

गत संस्करणको उपविजेता ललितपुरसामु मधेश दोस्रो सेटमा झनै कमजोर देखियो। दोस्रो सेटमा २५–१३ को जित निकालेको ललितपुरले तेस्रो सेटमा २५–१९ को जित निकाल्दै सुखद सुरुआत गरेको छ। ललितपुर क्विन्सकी वारान्या श्रीलाओङ प्लयेर अफ दि म्याच घोषित हुँदै १० हजार रुपैयाँ हात पार्न सफल भइन्।

शनिबारको पहिलो खेल दिउँसो १ बजे ललितपुर क्विन्ससँग गत संस्करणमा तेस्रो बनेको काठमाडौँ स्पाइकर्सले भिड्नेछ। दिउँसो ३ बजे हुने दोस्रो खेलमा कर्णाली यशविस र लुम्बिनि लाभाजले मैदान साट्नेछन्। साँझ ५ बजे मधेश युनाइटेड र पोखरा निन्जाजबीच हुनेछ।

लिगमा कर्णाली यशविस, पोखरा निन्जाज, ललितपुर क्विन्स, मधेश युनाइटेडसँगै काठमाडौँ स्पाइकर्स र लुम्बिनी लाभाज गरेर ६ टोली सहभागी छन्।

पहिलो संस्करणमा सहभागी गण्डकी थण्डर्सको स्थानमा यो पटक पोखरा निन्जाज सहभागी भएको हो। यस्तै, चितवन शक्ति नखेल्दा लुम्बिनी लाभाज पनि नयाँ टोलीको रुपमा सहभागी भएको छ। लिगको अंक तालिकाका शीर्ष दुई टोलीबीच भदौ २८ गते फाइनल भिडन्त हुनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?