
काठमाडौँ- नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाउने क्रम जारी छ ।
आज आइतबार सुन प्रतितोला १६ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख १२ हजार रुपैयाँ पुगेको हो ।
चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ । आइतबार चाँदीको भाउ हालसम्मकै उच्च प्रतितोला २५ सय रुपैयाँ पुगेको छ ।
अघिल्लो दिन २४९० रुपैयाँको रेकर्ड बनाएको थियो ।