
काठमाडौँ – नेपाली खेलकुदमा ऐतिहासिक पदक दिलाउन सफल कराँतेकी एरिका गुरुङ नगद पुरस्कारसहित सम्मानित भएकी छन्।
आइतबार नेपाल कराँते महासंघले नेपाली खेलकुद र कराँतेकी सबैभन्दा सफल खेलाडी एरिकालाई नगद दुई लाख रुपैयाँसहित सम्मान गरेको हो।
एरिकालाई नेपाल खेलकुद पत्रकार मञ्चमा आयोजित एक कार्यक्रमका बीच सम्मान गरिएको हो। नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामा र महासचिव दावा गुरुङले एरिकालाई दुई लाखको चेक र सम्मानपत्र हस्तान्तरण गरे।