बागलुङमा खायन आलुखेतीको क्षेत्र विस्तार

बागलुङमा खायन आलुखेतीको क्षेत्र विस्तार
+
-
देशसञ्चार AI सारांश
  • कृषि ज्ञान केन्द्र बागलुङले खायन आलु उत्पादन क्षेत्र विस्तार गरी जिल्लाका कृषकलाई आकर्षित गरिरहेको छ ।
  • २०८०/०८१ देखि खायन आलुखेतीको लिएर मुख्य रूपमा रु दुई करोड ६० लाखको बजेट खर्च गरिएको छ ।
  • नयाँ प्रविधिको प्रयोग गर्दै, सिँचाइ र मलखाद व्यवस्थापन गरेर खायन आलु उत्पादनमा वृद्धि भइरहेको छ ।

ढोरपाटन (बागलुङ)- यहाँका कृषकलाई आलु खेतीतर्फ आकर्षित गर्न ‘खायन आलु’ उत्पादन क्षेत्र विस्तार गरिएको छ । कृषि ज्ञान केन्द्र बागलुङले तीन वर्षदेखि निरन्तर खायन आलु उत्पादनका लागि जिल्लाको १० वटै स्थानीय तहमा क्षेत्र विस्तार गरेको हो ।

यहाँको निसीखोला, तमानखोला, ताराखोला गाउँपालिका, ढोरपाटन, गलकोट, जैमिनी नगरपालिकाको माथिल्लो क्षेत्रमा अन्य ठाउँमा भन्दा बढी आलु उत्पादन हुने गर्छ ।

थोरै लगानीमा धेरै आलु उत्पादन गर्न सकिने हुँदा ‘खायन आलु’को क्षेत्र विस्तार गर्दै आएको कृषि ज्ञान केन्द्र प्रमुख राजेश्वर सिलवालले जानकारी दिए। आर्थिक वर्ष २०८०/०८१ देखि खायन आलुखेतीको क्षेत्र विस्तार गर्न थालिएको प्रमुख सिलवालको भनाइ छ ।

उनका अनुसार २०८०/०८१ मा रु दुई करोड ६० लाख, २०८१/०८२ मा रु एक करोड ५९ लाख र चालु आर्थिक वर्षमा रु ५५ लाख ९० हजार रकम आलुखेती क्षेत्र विस्तारमा खर्च गरिएको छ ।

खायन आउलु क्षेत्र विस्तारसँगै नयाँ प्रविधिको प्रयोग, मलखाद व्यवस्थापन गर्ने, सिँचाइ व्यवस्थापन गरी उन्नत जातको बिउ लगाइने प्रमुख सिलवालले बताए। यस वर्ष थप ४३ हेक्टर क्षेत्रफलमा खायन आलु विस्तार गर्ने लक्ष्य छ ।

प्रमुख सिलवालले भने, “बागलुङ जिल्लामा खायन आलु राम्रो उत्पादन हुने गरेको छ, किसान पनि उत्साहित छन्, आलु उत्पादन गरेर जीविकोपार्जन गर्न यस कार्यक्रमले टेवा पुर्याउँछ ।”

हाल जिल्लामा तीन हजार ७०० हेक्टरमा आलु खेती हुँदै आएको छ । अघिल्लो वर्ष ५६ हजार २४० मेट्रिकटन आलु उत्पादन भएको थियो । यस वर्ष किसानले आलु भित्राइसकेका छैनन् । बागलुङका किसानले उत्पादन गर्ने आलु बागलुङ, पोखरा, बुटवल, चितवनलगायतका शहरमा पुग्ने गरेका छन् ।

खायन आलुमा सिँचाइ र मलको व्यवस्थापन हुने हुँदा उत्पादन बढ्ने ढोरपाटन नगरपालिका–५ का किसान कृष्णलाल कँडेलले बताए। यो आलु खेती गर्न थालेपछि वर्षेनी आलु उत्पादनमा वृद्धि भएको उनको भनाइ छ ।

कृषि ज्ञान केन्द्र बागलुङले यस वर्ष रु ३७ लाख लगानीमा खाद्यन्न बाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । कृषि सहकारी तथा समूहमार्फत खाद्यन्न बाली प्रवर्द्धन गर्न थालेको हो । कम्तीमा एक समूहले एउटा बाली १०० रोपनीमा खेती गर्नुपर्ने ज्ञान केन्द्रले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?