
हुम्ला – काठमाडौंमा सोमवार जेन जी आन्दोलनमाथि सरकारले दमन गरेको भन्दै राप्रपा हुम्लाले विरोध जनाएको छ। चौध जनाको ज्यान लिने गरी सरकारले आन्दोलनकारीमाथि गरेको दमनकाे विराेध गर्दै राप्रपाले स्थानीय प्रशासन कार्यालयअगाडि प्ले कार्डमा नारा लेखेर बिरोध प्रदर्शनी गरेको हो।
दिनभर काठमाडौंमा आन्दोलन जारी रहेको र सो क्रममा बेलुका साढे चाार बजेसम्म चौध जनाको ज्यान जाने गरी आन्दोलनकारीमाथि सरकारले आफ्नो नाङ्गो रुप देखाएको राप्रापा हुम्लाले प्ले कार्डमार्फत जनाएको हो।
राप्रपा हुम्लाका अध्यक्ष विकास महतले सांकेतिक रुपमा विरोध जनाउँदै सरकारी दमनबिरुद्ध नारा लेखेर प्रशासनअगाडि बिरोध जनाएको बताए। जसमा हत्यारा सरकार मुर्दावाद, भ्रष्ट सरकार मुर्दावाद, आईएम वेथ जे टुजस्ता नारा प्लेकार्डमा लेखिएको थियो।