सडक सरसफाइमा जुट्दै पोखराका युवा 

सडक सरसफाइमा जुट्दै पोखराका युवा 
+
-

पोखरा- पोखराका युवा सडक सरसफाइमा जुटेका छन्। जेनजी आन्दोलनका कारण अस्तव्यस्त बनेको सडक सफा गर्न उनीहरू स्वतःस्फूर्त रूपमा निस्किएका हुन्।

पोखराको नयाँबजार, महेन्द्रपुल, न्युरोड क्षेत्रका सडक सफा गरिएको छ।

सरसफाइमा सहभागी युवा रिदेश सुनारले सडक सफा गर्ने जिम्मा पनि जेनजी पुस्ताकै भएको बताएका छन्। उनले घर वरपर आन्दोलनका क्रममा भएको फोहोर सफा गर्न सबैलाई आग्रह गरे।

मंगलबारको जेनजी आन्दोलनमा पोखरास्थित प्रदेश सभा भवन, मुख्यमन्त्री कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री प्रकाशबहादुर केसीको घर, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाको घर, व्यवसायिक प्रतिष्ठान, पूर्वमुख्यमन्त्री खगराज अधिकारीको घर, एनसेल कार्यालय, इलाका प्रहरी कार्यालय बैदाम, नेपाल रेडक्रस सोसाइटी, एमाले र कांग्रेस पार्टी कार्यालय, शिक्षा कार्यालय, परीक्षा नियन्त्रण कार्यालय, गण्डकी विश्वविद्यालय लगायतका कार्यालयमा आगजनी गरिएको थियो।

अबेर रातिसम्म आगो लागिरहेकाले पोखराको आकाश धुवाँले ढाकिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?