जेनजी आन्दोलनलाई कलाकारको साथ तर जेनजीले के गर्ला अब?

जेनजी आन्दोलनलाई कलाकारको साथ तर जेनजीले के गर्ला अब?
+
-
देशसञ्चार AI सारांश
  • कलाकारहरूले युवा पुस्तालाई बदलाको भावना त्याग्न र देश निर्माणमा जुट्न आग्रह गर्दै सामाजिक सञ्जालमार्फत समर्थन जनाएका छन्।

  • जेनजी आन्दोलनको क्रममा भौतिक संरचनामा भएको क्षतिलाई लिएर चिन्ता व्यक्त गर्दै पुनर्निर्माणमा जोड दिनु आवश्यक देखाएका छन्।

  • भ्रष्टाचारविरोधी प्रदर्शनमा ऐक्यबद्धता जनाउँदै कलाकारहरूले समयानुकूल युवा नेतृत्वको आवश्यकता औंल्याएका छन्।

नेपालमा भ्रष्टचार विरुद्ध सुरु भएको युवा पुस्ता (जेन—जी) आन्दोलनको प्रदर्शनलाई साथ दिँदै आएका कलाकारहरुले जेनजीलाई संयमता अपनाउँदै उपलब्धि रक्षा गर्न आग्रह गरेका छन्।

भदौ २३ र २४  गतेको  जेनजी आन्दोलनले नेकपा एमाले र कांग्रेसको संयुक्त सरकारलाई मात्रै ढालेनन् उनीहरुले दलका नेताहरुको घर तथा अन्य भौतीक सम्पती तथा निजी व्यवसायिक क्षेत्रमा समेत ठुलो क्षती भएको थियो। यो क्रम सेनाले नियन्त्रणमा लिएपनि उनीहरुले अहिले अन्तरिम सरकार गठन गर्नका लागि उपयुक्त पात्र तयार गर्न नसक्दा थप चुनौती थपिएको छ।

कलाकार दिपकराज गिरी अबको बाटो त्यति सहज नभएको भन्दै सामाजिक सञ्जालमा लेख्छन्, ‘ठूलो जनधनको क्षति भएको छ। अब बदलाको भावना त्याग्दै देश निर्माणको बाटोमा सबै पक्ष लाग्नुको विकल्प छैन।’

यतिखेर सिंहदरबार, संसद भवन, शीतल निवास, सर्वोच्च अदालत जस्ता देशका ठूला भौतिक संरचना जलेर भग्जनावशेषका रुपमा परिणत भएका छन्लि। अवस्था निकै भयावह बनेर लुटपाट चरमउत्कर्षमा पुग्दा देशभरबाट कैदी फरार हुने काम अझै रोकिएको छैन। यस्तो अवस्थामा जेनजी समूहलाई कलाकार हरिवंश आचार्य धैर्यता पूर्वक अघि बढ्न आग्रह गरेका थिए। उनले फेसबुकमा लामो स्टाटस लेख्दै ‘नेपाली जनताको चाहना भ्रष्ट्रचारको जरा उखेल्नु हो। जेनजी आन्दोलनले अब भविष्यमा पनि कसैले पनि त्यो दुष्प्रयास नगर्ने गरी त्यस्ता भ्रष्टचारीलाई उखल्दिएको छ तर खबरदारी गरी राख्नु पर्ने पनि छ।’

आचार्य आन्दोलनको क्रममा देशका अमूल्य सम्पदा र सम्पत्तिमाथि भएको क्षतिलाई लिएर साह्रै चिन्तित छन्। मन रोएका बताउँछन्। उनी लेख्छन्, ‘यो सम्पत्ति कुनै भ्रष्टचारीको थिएन। सारा नेपाली जनताको सम्पत्ति हो। अब ती संरचनाहरुको पुनर्निर्माण र संरक्षण गर्न जरुरी छ।’ आचार्य यो संक्रमणकालिन अवस्थालाई बुद्धिमक्तापुर्वक काम गर्नु पर्ने बताउँछन्, ‘अब यो संक्रमणकालिन अवस्थालाई बुद्धमानि,धैर्यता र संयमित भई अघि बढेर भोलिको उज्जवल भविष्य बनाउन सबै जुट्नु पर्ने आवश्यक छ।’

यतिखेर देश अभिभावक विहिन भएको छ। सेनाले जेनजी आन्दोलनबाट हुन सक्ने क्षतिलाई रोक्दै कर्फ्यु लगाएर अवस्थालाइ नियन्त्रणमा लिइरहेको छ। तर आक्रेशित जेनजी समूहलाई नेता चुन्न लाग्न अनुरोध गर्दै लेख्छन्न,’नागरिकको चाहना बुझ्ने नेता चुनिनुपर्छ।’
उनले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै भ्रष्टचार थुनिनुपर्ने धारणा पनि राखेका छन्। उनले लेखेका छन्,’देश र समय अहिले परिवर्तन चाहिरहेका छ। ५० वर्ष पहिलेका युवाहरु भन्दा अहिलेका युवाहरु धेरै शिक्षित र बौद्धिक छन्। समय अनुसार नहिड्नेहरुर्लाइ समयले छोडिदिन्छ भन्ने कुरा त हामी सबैले प्रष्टैसँग देख्यौँ। हामीले आफ्नो समयमा समयले अह्राएको काम गर्‍यौँ। अबको यो समयले युवा पुस्तालाई नै नेतृत्वको जिम्मा दिनुपर्छ भन्ने प्रष्टै छ। किनभने समयको प्रतिनिधित्व युवाहरुले गरेको छ।’

कलाकार श्रेष्ठले जेनजीको एकताले युवा शक्ति कस्तो हुन्छ भन्ने कुरा संसारलाई देखाइएको बताएका छन्। युवाहरूको माग नै समयको माग भएको उनले बताएका छन्। ‘युवाहरुको माग नै समयको माग हो। अबको समय हामी सयंम भएर संसारभरि छरिएर बसेका नेपालीहरु समेत एकजुट भएर हाम्रा अमूल्य भौतिक संरचनाहरुलाई जोगाउन संरक्षण गर्ने पुन निर्माण गर्ने भ्रष्टचाररहित विधिको शासन पद्धति अपनाउँदै नयाँ नेपाल बनाएर विश्वलाई देखाउने विन्दुमा आइपुगेका छौँ,’ उनले लेखेका छन्।

अभिनेता राजेश हमाल जेनजी आन्दोलनलाई साथ र समर्थन गर्दै ‘जेन जी’ पुस्ताले गरेको भ्रष्टाचारविरोधी प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाबारे सामाजिक सञ्जालमार्फत गहिरो पीडा व्यक्त गरेका छन्। उनले लेखेका छन्, ‘हामी एक राष्ट्रको रूपमा हाम्रो युवालाई आशालाग्दो भविष्य मात्र दिन असफल भएका छैनौँ, उनीहरूको वर्तमानसमेत खोसिरहेका छौँ। म विदेश यात्रा गर्दै छु । नेपाली भएकोमा यति लाज महसुस मैले कहिल्यै गरेको थिइनँ।’

जेन जीले गरेको प्रदर्शनले हिंसात्मक रूप लिएपछि राजनीतिक र सामाजिक मुद्दामा कमै टिप्पणी गर्ने हमालबाट यस्तो खालको टिप्पणी गरेका हुन्। अभिनेत करिश्मा मानन्धरले आफू जनताकै कलाकार बनिरहन चाहेको बताउदै एमाले पार्टी नै त्यागेको घोषाणा गरेकी थिइन् । ‘अहिलेसम्म कुनै राजनीतिक संस्थामा मेरो संलग्नता भनेको यी सबै मूल्य र प्राथमिकताको हितमा मात्र थियो तर आजदेखि म कुनै राजनीतिक दल वा सङ्गठनसँग आबद्ध नभएको कुरा स्पष्ट पार्न चाहन्छु,’ उनले लेखेकी छन्, ‘म हिँजो कलाकार थिएँ । जनताकै आवाज थिएँ । आगामी दिनमा पनि त्यही रूपमा रहिरहन चाहन्छु।’

निर्देशक निश्चल बस्नेतले टिकटकमा एक भिडियो सार्वजनिक गर्दै लेखेका छन्, ‘देशमा बसिरहेका युवा हुर्कंदै छन्। उनीहरूलाई भविष्यको चिन्ता छ। यो उनीहरूले आफ्नो भविष्यका लागि गरिरहेका हुन्।’

नायिका केकी अधिकारी, अनमोल केसीलगायतले पनि सामाजिक सञ्जालमार्फत आन्दोलनप्रति ऐक्यबद्धता जनाएका थिए। त्यसैगरी गायिका रचना रिमालले लेखेकी छन्,’आज हाम्रो पुस्ता नयाँ अध्यायको सँघारमा छ, सबै कुरालाई मौन र चुपचाप भई नियालिरहेको यो पुस्ता आज खबरदारीको बिगुल फुक्दै छ,’

जब जब देशलाई अप्ठ्यारो पर्छ कलाकारको कुनै न कुनै भूमिका रहँदै आएको छ। परिवर्तनका लागि जनतालाई एक बनाउन कलाकार सडकमा पुगेका छन्। जनतालाई गीत संगीत र नाटक प्रहसनमार्फत सचेत गराएका छन्। २०४६/४७ सालको आन्दोलन होस् कि २०६२/६३ को जनआन्दोलन होस् कलाकारले आन्दोलनमा उत्रिएका छन्। र, जेनजी आन्दोलनका लागि कलाकारहरुको भरपूर्ण साथ सहयोग रह्यो।

सरकारको दमनका विरुद्ध जेनजी आन्दोलनको दोस्रो दिन पनि कलाकारहरु सडकमा उत्रिएका थिए। हाँस्यकलाकार मनोज गजुरेल कलाकार निश्चल बस्नेत सञ्चारकर्मी प्रकाश सुवेदी ‘रजतपट अंकल’ र कलाकार किरण केसी ‘रातामकै’ कलाकार कुमार कट्टेल आन्दोलनको समर्थनका उत्रिएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?