गभर्नर पौडेलको गुनासोः ‘मेरो रिस वृद्ध बाआमा बसेको घरमा पोख्ने साथीहरूको फलोस् फुलोस्’

गभर्नर पौडेलको गुनासोः ‘मेरो रिस वृद्ध बाआमा बसेको घरमा पोख्ने साथीहरूको फलोस् फुलोस्’
+
-
देशसञ्चार AI सारांश
  • गभर्नर पौडेलले आफूले कहिल्यै कसैसँग एक रुपैयाँ नलिए पनि आक्रमण आफ्ना आमाबाबुको घरमा भएको गुनासो गरेका छन्।
  • आक्रमणको पहिलो प्रहार ८२ वर्षीया कान कम सुन्ने र मुटुको अपरेसन भएकी आमाको कोठामा गरिएको बताएका छन्।
  • आफ्नो जीवनमा कहिल्यै पैसाको कारोबार नगरेको दाबी गर्दै बा ८७ वर्षको हुँदा पनि सधैं भेट्न गएको उल्लेख गरेका छन्।

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आफूले कहिल्यै कसैसँग एक रुपैयाँ नलिए पनि रिस आफ्ना वृद्ध आमाबाबु बस्ने घरमा पोखिएको गुनासो गरेका छन्।

चितवनस्थित घरमा भएको आक्रमणको भिडियो सार्वजनिक गर्दै गभर्नर पौडेलले ८२ वर्षीया कान कम सुन्ने र मुटुको अपरेसन गरिएकी आमाको कोठामै पहिलो प्रहार गरिएको उल्लेख गरेका छन्।

‘यो मेरो गाउँको घर हो। गभर्नर भएपछिपनि म हरेक हप्ता एक छाक भए पनि बाआमासँग खाना खान पुग्थें,’ पौडेलले लेखेका छन्, ‘अहिले मेरा बा ८७ वर्षका हुनुहुन्छ। करिब ६७ वर्षअघि चितवन झर्नुभएका उहाँकै सन्तानहरू यही जन्मिएका हुन्।’

गभर्नर पौडेलले आफ्नो जीवनमा कहिल्यै कसैसँग पैसाको कारोबार नगरेको दाबी गरे। उनका अनुसार चितवनमै अध्ययन गर्दा सधैं कक्षामा अव्वल हुन्थे र गाउँमा सुविधा नहुँदा पनि पढाइ अघि बढाए। उनका दाइ हाल अमेरिकामा प्राध्यापक छन् भने पौडेल आफैं नेपालमै बसेर विश्वविद्यालयमा प्राध्यापनबाट अघि बढ्दै अहिले गभर्नरसम्म पुगेको बताए।

आफू विद्यार्थी भएको बेला करिब १५ वर्षअघि नै घर निर्माण भएको स्पष्ट पार्दै उनले लेखेका छन्, ‘मेरो रिस भैसेपाटीको घर जलाएर नपुग्दा वृद्ध बाआमा बस्ने चितवनको घरमै पोख्ने साथीहरूलाई भगवानले फलोस्–फुलोस्।’

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’