शान्ति सुरक्षा कायम राख्न सघाउने साझा प्रतिबद्धता ब्यक्त

शान्ति सुरक्षा कायम राख्न सघाउने साझा प्रतिबद्धता ब्यक्त
+
-
देशसञ्चार AI सारांश
  • स्थानीय प्रशासनको पहलमा बसेको सर्वपक्षीय बैठकले शान्ति–सुरक्षा कायम राख्न सबै पक्षको सहयोग र समर्थन जनायो।
  • प्रमुख जिल्ला अधिकारी टेकराज रेग्मीले सुरक्षा निकायलाई सहयोग पुर् याउन प्रतिबद्धता व्यक्त गर्ने निर्णय भएको बताए।
  • कांग्रेसी, एमाले, राप्रपाका नेताहरूले जिल्लामा शान्ति–सुरक्षा कायम गर्न आ–आफ्नो तर्फबाट सहयोगको प्रतिबद्धता जनाए।

हुम्ला – जिल्लामा शान्ति–सुरक्षा अमन–चयन कायम राख्न साझा प्रतिबद्धता ब्यक्त गरिएको छ। स्थानीय प्रशासनले आयोजना गरेको जेनजी आन्दोलनमा युवा मृत्यु भएको घटनाविरुद्ध आवाज उठाउने प्रतिनिधिसहित बसेको सर्वपक्षीय बैठकले सो प्रतिबद्धता जनाउने निर्णय गरेको हो।

जिल्लाको प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुख, राजनीतिक दल, जेनजी आन्दोलनमा युवा मृत्यु भएको घटनाविरुद्ध आवाज उठाउने प्रतिनिधि र नागरिक समाजसहित बसेको सर्वपक्षीय बैठकले शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकायलाई सघाउ पुर् याउने प्रतिबद्धता ब्यक्त गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी टेकराज रेग्मीले जानकारी दिए।
जिल्ला हालसम्म शान्त रहेको र यसलाई आगामी दिनमा पनि कायम राख्न सबै पक्ष सहमत रहेको उनले बताए। बैठकले गरेको निर्णयमा ‘बैठकमा उपस्थित सबै प्रमुख एवं प्रतिनिधिले जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न आ–आफ्नो संयन्त्रमार्फत जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्ने, राज्यकोतर्फबाट आएका सङ्क्रमणकालीन निर्देशनलाई परिचाालन गर्न सहयोग, सहजीकरण र समन्वय गर्ने गराउने र सुरक्षाका सबै संयन्त्रको उक्त निर्देशन कार्यान्वयन गर्दा सबै पक्ष एवं हुम्लावासीलाई सहयोग गर्न अनुरोध गर्ने’ कुरा उल्लेख गरिएको हो।

बैठकमा सहभागी कांग्रेस उपसभापति वसन्त रोकायाले देशमा घटना जे भए पनि जिल्लामा शान्ति–सुरक्षा कायम गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए। एमाले उपाध्यक्ष प्रकाशबहादुर शाहीले देश गम्भीर अवस्थामा रहेको बेला जिल्लाको शान्ति सुरक्षा कायम रहेको सन्देश देशभर पठाउन सकिने गरी काम गर्न आफ्नो पार्टीको तर्फबाट सहयोग गर्ने बताए।

त्यसैगरी राप्रपा अध्यक्ष विकास महतले हिजो के थियो भन्दा पनि आज सवैले संयमित भएर भोलीम दिनमा शान्ति सुव्यवस्था कायम राख्न सहयोग पुर् याउनुपर्ने बताए। यसअघि बैठकमा शत्रुभन्जन गुल्म रानी बनका गुल्मपति हरिबावु श्रेष्ठले भदौ २४ गते राती १० वजेबाट देशको शासन ब्यवस्था सञ्चालनको समन्वय गर्ने जिल्ला सेनालाई आएपछिको अवस्थाका बारेमा जानकारी गरेका थिए।

सेना अब सुरक्षा कायम गर्न फिल्डमा आइसकेकाले सबैले सहयोग गर्न उनले आग्रह गरे। यसैबीच पाँच जनाभन्दा बढी ब्यक्ति समूहमा एउटै स्थानमा भेला हुन, हिँडडुल गर्न र कुराकानी गर्ने कार्य पनि नगर्न उनले आग्रह गरे।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?